पहिरो पिडितलाई याङवरक गाउँपालिका द्धारा स्थलमै पुगेर राहात सामाग्री प्रदान

फोटो फिचर समाचार

पाँचथर,असार १५,
गत मंगलबार राती पाँचथको याङवरक गाउँपालिका वडा नम्बर २ को विभिन्न स्थानमा गएको पहिरोमा परेर विस्थापित भएका एघार परिवारलाई राहात सामाग्री प्रदान गरिएको छ ।
याङवरक गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङयाहाङको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत प्रविणहाङ योङहाङ लगायत गएको टोलीले विस्थापित ११ परिवारका लागि खाद्यान्न,दैनिक उपभोग्य सामाग्री,लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको हो ।
कठिन यात्रा तय गर्दे स्थलमै पुगेर राहात सामाग्री प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङले बताउनुभयो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले पहिरो पिडितलाई त्रिपाल,भाडावर्तन,यस्तै जिल्ला समन्वय समिती पाँचथरले दैनिक उपभोग्य सामाग्री प्रदान गरेको थियो ।
यस्तै त्यस आसपासका २५ जना विद्यार्थीहरु लाई आवसिय विद्यालयमा लगेर पढ्ने वातावरण तय गरिएको उहाँले बताउनुभयो । गत मंगलबार राती गएको पहिरोका कारण एक दर्जन वढि घरका स्थानियहरु विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *