नकआउट फुटवल प्रतियोगिताको उपाधि आयोजक लुम्फाबुङ जुनतारा क्लवले हात पार्यो

समाचार

पाँचथर,असार १४
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९ लुम्फाबुङमा संचालित नकआउट फुटवल प्रतियोगिताको उपाधि आयोजक लुम्फाबुङ जुनतारा क्लवले हात पारेको छ ।
हिजो भएको फाइनल खेलमा आङसराङ सिस्नेरीलाई ३—१ गोल अन्तरले पराजित गर्दे आयोजक लुम्फाबुङ जुनतारा क्लवले हात पारेको हो । उपाधि सँगै जुनताराले २० हजार नगद तथा उपविजेतामा चित्त बुझाएको आङसराङले १० हजार रुपैया पाएको छ ।
जुनतारा क्लवको आयोजना तथा फिदिम १० को आर्थिक सहयोगमा संचालित फुटवल प्रतियोगिता गत असार १० गते बाट शुरु भएको थियो ।
यूवाहरु खेलकुद क्षेत्रमा अघि वढ्न सकुन्,कुलतमा नलागुन् भन्ने उद्धेश्यले फुटवल प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष तथा क्लवका अध्यक्ष बालकृष्ण लावतीले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापन समारोहमा वडाअध्यक्ष लावती,वडा सदस्य गंगा राई,विभिन्न राजनितिक दल,संघ संस्था,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुले मनतब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *