शिल्पा र छविराज विरुद्ध पक्राउ पूर्जी

मनोरञ्जन

०८ साउन ,- : निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।
बहुविवाहको उजुरी परेपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । छविकी पहिलो पत्नी हेमा ओझाले बहुविवाहको उपुरी गरेपछि यही कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरेको हो ।
अदालतले दुवैलाई पक्राउ गर्न अनुमति दिएको एसएसपी उत्तम सुवेदीले बताए। ‘वहुविवाहको कसुरमा उहाँहरु दुवैविरुद्ध प्रकाउ पुर्जी जारी गरिएको छ’, उनले भने । केही दिन अगाडी निर्माता छविकी जेठी श्रीमती हेमाले गौशला प्रहरी वृतमा पुगेर शिल्वाविरुद्ध पनि बहुविवाहको उजुरी दिएकी थिइन् ।
शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध केही साताअघि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् ।
त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी थिइन् । हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि-शिल्पाको विवाद र सम्बन्धले नयाँ मोड लिएको छ। thakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *