पाँचथरमा ८० प्रतिशत धान रोपाई गरियो

अर्थ

पाँचथर,साउन २४
सयमै वर्षाद नहुँदा पूर्वी पहाडि जिल्ला पाँचथरमा अझै रोपाई गरि सकिएको छैन् । यस वर्ष साउन सकिन लाग्दा पनि ८० प्रतिशत मात्रै धान रोपाई सकिएको हो । समयमै वर्षाद नहुँदा ढिला मात्रै गरी रोपाई गरिएको थियो ।
जिल्लामा ९ हजार २ सय ३ हेक्टर क्षेत्रफलमा धान रोपाई हुनेभएपनि अहिले सम्म ७ हजार ३ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिसकिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विस्टले बताउनुभयो । अव साउन अन्तिम सम्ममा सवै क्षेत्रमा धान रोपाई भइसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
यस्तै ताप्लेजुङ जिल्लामा ८२ प्रतिशत धान रोपाई गरिएको उहाँले बताउनुभयो । अहिले सम्म प्रदेश नम्बर १ मा ७६ प्रतिशत क्षेत्रफलमा धान रोपिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *