संविधान दिवशको अवसर पारेर गुडविल फाइनान्सले गर्यो वृक्षारोपण र सरसफाई कार्यक्रम

अर्थ

पाँचथर,असोज ३,
संविधान दिवशको अवसर पारेर गुडविल फाइनान्स शाखा फिदिमले फिदिम २ मा रहेको जेष्ठ नागरिक वृद्धाआश्रममा वृक्षारोपण तथा सरसफाई गरेको छ ।
आश्रमको प्राङगणमा विभिन्न प्रजातिका विरुवा रोपिएको, सरसफाई गरिएको, र जेष्ठ नागरिकलाई खाद्यान्न समेत सहयोग गरिएको फाइनान्स शाखा फिदिमका प्रमुख विक्रम तिवारीले बताउनुभयो ।
यस्तै नजिकै रहेको कृष्ण मन्दिर समेत सरसफाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *