ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारवाही गरी एक वर्षमा रु १७ लाख ५२ हजार राजश्व संकलन

अर्थ

पाँचथर,असोज १५,
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा १७ लाख ५२ हजार रुपैया राजश्व संकलन गरेको छ ।
गत आ.व. ०७५÷०७६ को अवधिमा उक्त रकम राजश्व संकलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।
ट्रक,बस,ट्रयाकटर,जीप कार,मोटरसाइकल लगायत ३ हजार ५ वटा सवारीलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको उहाँले बताउनुभयो ।
३ सय ८१ वटा ट्रकलाई कारवाही गर्दा २ लाख १२ हजार ५ सय रुपैया,१ सय १४ वटा बसलाई कारवाही गर्दा ५८ हजार रुपैया,९ सय ३६ वटा जीप तथा कारलाई कारवाही गर्दा ५ लाख ३५ हजार रुपैया,३ सय २२ वटा ट्रयाक्टरलाई कारवाही गर्दा १ लाख ९० हजार रुपैया,१ हजार १ सय ९१ वटा मोटरसाईकललाई कारवाही गर्दा ७ लाख २६ हजार रुपैया,र अन्य विविध ६१ वटा सवारीलाई कारवाही गर्दा ३० हजार ५ सय रुपैया राजश्व संकलन भएको हो ।
यस्तै गत आ.व. ०७४÷०७५ मा २ हजार ७ सय ९५ वटा सवारीलाई कारवाही गर्दा १६ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वढिजसो सवारी साधानहरुको कागजतहरु (विलबुक,लाइसेन्स) नभएका तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गरिएको कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *