कांग्रेस पाँचथरले गर्यो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम

फोटो फिचर समाचार

पाँचथर:असोज २६,

दशैं, तिहार र छठका अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पाँचथरले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । हरेक वर्षजस्तै यो वर्ष पनि दशैं, तिहार र छठका अवसरमा कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आज पाटी कार्यालय फिदिममा चियापान आयोजना गरेको हो । काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले शुभकामना ब्यक्त गर्दे चाडपर्वले आपसमा सद्भाव,सहिष्णुता भाईचारको विकाश हुने बताउनुभयो ।

 


वि.सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।


कार्यक्रममा जिल्ला समन्वय समिती पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटा,फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङ, नेकपा पाँचथर अध्यक्ष राजकुमार भण्डारी, निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापा,नेकपा पाँचथरका अध्यक्ष राज कुमार भण्डारी,राप्रपा पाँचथर अध्यक्ष जगत थापा मगर,पाटी उपसभापति मित्र प्रसाद काफ्ले,सचिव रुपनारायण जवेगु, लगायत पाटीका जिल्ला कमिटीका पदाधिकारी, सदस्य,महासमिती सदस्य,महाधिवेशन प्रतिनिधी,विभिन्न भातृभँगिनी सुवेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधी,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *