सामुदायिक विपद् प्रतिकार्य सम्वन्धी ३ दिने तालिम सम्पन्न

फोटो फिचर समाचार

पाँचथर,असोज ३०,
सामुदायिक विपद् प्रतिकार्य सम्वन्धी अन्र्तक्रियात्मक ३ दिने तालिम बिहिबार पाँचथरको फिदिममा सम्पन्न भएको छ ।
फिदिम नगरपालिकाको आयोजना तथा भैरवी दल गण ओदिन ब्यारेकको सहकार्यमा विपद्को तयारी,उद्धार,अपनाउनुपर्ने सावधानी लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।

 


तालिमको सहजीकरण भैरवी दल गणका लेफ्टिनेन्ट दिपेन्द्र सिंह खत्री,लगायत ५ जनाको टोलीले गरेको थियो ।
फिदिम नगरपालिका वडा नम्बर १ देखि १४ वडाका २ जनाका दरले वडामा गठित आपत्तकालिन उद्धार समितीमा आवद्ध २८ जना लाई तालिम प्रदान गरिएको फिदिम नगरपालिका अन्र्तगत विपद् उद्धार समितीका फोकल पर्सन दुर्गा दाहालले बताउनुभयो ।

 


फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटा(बिमल),प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती,फिदिम २ का वडाअध्यक्ष सुकपाल तुम्वापो,सहभागिको तर्फबाट अग्नि तुम्बापो लगायतले वोल्दै तालिममा सिकेको विषयलाई ब्यवहारमा उतार्न सुझाव दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *