राष्ट्रिय गौरवका आयोजना तथा विकाश निर्माणले गति लिने—भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङ

Breaking News राजनीति समाचार

पाँचथर,पौष २४,
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वशन्त कुमार नेम्बाङले अव मुलुकका राष्ट्रिय गौरवका आयोजना तथा विकाश निर्माण द्रुत गतिमा अघि वढ्ने बताउनुभएको छ ।
गृहजिल्ला पाँचथरको फिदिममा आज बिहान भएको पत्रकार सम्मेलन तथा पाटी भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सार्वजनिक खरिद ऐन नवौ संशोधन भएको भएको हुँदा अव आयोजनाको कामलाई अघि वढाउन सरकारलाई सहज हुने बताउनुभयो ।
गौरवका आयोजना मध्यपहाडि पुष्पलाल लोकमार्ग,तमोर करीडोर,राँके रवि भेडेटारको कालोपत्रे लगायतका ठूला तथा साना आयोजनाहरु अव सवै द्रुत गतिमा काम अघि वढाउन सम्वन्धित निकायलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
प्रदेश १ कै ठूलो आयोजना तमोर जलाशयमा ७४० मेगावाटको विधुत उत्पादन गर्ने काम पनि अव चाँडै अघि वढ्ने उहाँले बताउनुभयो । प्रदेश सित समन्वय गरेर पाँचथर जिल्लामा पनि यातयात कार्यालय स्थापना गर्न सकिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *