राष्ट्रिय सभा सदस्यका उम्मेद्धवार विमल धमला को हुन् त ?

Breaking News राजनीति समाचार

पाँचथर,पौष २५,
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यका लागि नेपाली काग्रेसको तर्फबाट दलित कोटामा पाँचथर बाट निर बहादर धमला (बिमल) चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेश नम्बर १ को विरागटनगरमा आगामी माघ ९ गते हुने निर्वाचनमा उनले मोरङ विराटचोक निवासी नेकपाका गोपी अछामी सित भिड्दैछन् । नेपाली काग्रेसले उनी सहित प्रदेश नम्बर १ बाट अन्य कोटामा राजेन्द्र घिमिरे, र महिला कोटामा सुनसरीको धरान निवासी मिना पुलामी मगर भिड्दैछिन् ।

 


२ वर्षे कार्यकाल अवधि सकिएपछि प्रदेश नम्बर १ मा ३ वटा राष्ट्रिय सभा सदस्यको पद रिक्त छ । उक्त निर्वाचनका लागि प्रदेश नम्बर १ का निर्वाचित तथा समानुपातिक सांसदहरु ९३ जना,स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु २ सय ७४ गरी ३ सय ६७ जना मतदाताहरुले मतदान गर्देछन् ।
को हुन् त राष्ट्रिय सभा सदस्य उम्मेद्धवार धमला ?
वि.स. २०३७ साल कार्तिक २३ गते पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ३ रानीगाउँ सिम्राहमा बुवा अमृतमान धमला र फूलमाँया धमलाको माइला सुपुत्रको रुपमा विमल धमलाको जन्म भएको हो । सानै उमेर देखि नै सामाजिक सेवामा सक्रिय धमला सदरमुकाम फिदिममा आएपछि पनि झनै सामाजिक सेवा र राजनितीमा सक्रिय भए । उनी वि.स.२०६४ सालमा नेपाली काग्रेसको भातृसंगठन नेपाल दलित संघ जिल्ला सचिव भए,यस्तै ०६९ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य समेत बन्न सफल भए,अहिले पनि संघको बहालवाला केन्द्रिय सदस्य छन् ।
यस्तै नेपाली काग्रेस पाटीको १२ औ अधिवेशमा आमन्त्रित जिल्ला सदस्य भए भने १३ औ अधिवेशनमा महाधिवेशन प्रतिनिधी निर्वाचित भए भने अहिले पाटीको आमन्त्रित जिल्ला सदस्य समेत छन् । मिजासिलो सरल स्वाभावका धनी धमला सुनचाँदी ब्यवसायी संघको ०५७ सालदेखि ०६० साल सम्म कोषाध्यक्ष भए,यस्तै ०६८ सालमा उनी सुनचाँदी ब्यवसायी संघको अध्यक्ष समेत हुन सफल भए । यस्तै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रिय सदस्य समेत भए । अहिले पनि उनी जिल्लाका झण्डै दर्जन वढि संघ संस्थामा जिम्मेवारी बहन गर्दे क्रियाशिल छन् ।

सवै प्रदेश सांसदहरु तथा स्थानिय तह प्रमुख उपप्रमुखलाई सहयोग गरिदिन धमलाको आग्रह
राष्ट्रिय सभा सदस्य पदका उम्मेद्धवार धमलाले अव आगामी माघ ९गते राष्ट्रिय सभा निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराईदिनुहँुन सम्पूर्ण मतदाताहरु ( प्रदेश नम्बर १ बाट निर्वाचित मान्य सदस्यहरु र नगर तथा गाउँपालिका प्रमुख उपप्रमुख) लाई हार्दिक अनुरोध गरेका छन् । उनले सवै राजनितीक दलहरु बाट निर्वाचित सांसद तथा स्थानिय तह प्रमुख उपप्रमुखले अमूल्य मत दिएर सहयोग गर्ने विषयमा आफू विश्वस्त भएका बताएका छन् ।

 


उनलाई जिताउन नेपाल सुनचाँदी ब्यवसायी संघले शुक्रबार फिदिममा पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । राष्ट्रिय सभा सदस्य पदका उम्मेद्धवार धमलालाई अग्रिम वधाई तथा शुभकामना दिन पत्रकार सम्मेलनको आयोजना गरिएको सुनचाँदी ब्यवसायी संघका महासचिव सन्तोष सेन्चुरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *