काग्रेस फिदिम नगरसभापतिमा जवेगु सर्वसम्मत चयन

राजनीति समाचार

पाँचथर,माघ ३,
नेपाली काग्रेस फिदिम नगर सभापतिमा लिलाराम जवेगु सर्वसम्मत चयन हुनुभएको छ ।
पाटीको समायोजन कार्यक्रम अनुरुप साविक गाविसका जेष्ठ सभापतिहरु मध्ये बाट फिदिम १० का सभापति जवेगु आज सर्वसम्मत नगर सभापति चयन हुनुभएको हो ।
यस्तै सहसभापतिहरुमा चन्द्र नेम्बाङ,इन्द्र नेम्बाङ,बालकृष्ण लावती,सन्तोष श्रेष्ठ लाई चयन गरिएको छ ।
जवेगुको संयोजकत्वमा ३१ सदस्य नयाँ कार्यसमिती समेत चयन गरिएको छ ।
कार्यक्रममा नेपाली काग्रेस केन्द्रिय सदस्य तथा अनुशासन समिती संयोजक भिष्मराज आङदेम्बे,काग्रेसका नेता दिपक प्रकाश बास्कोटा,पाटीका जिल्ला सभापति नरेन्द्र कुमार केरुङ,उपसभापति मित्र प्रसाद काफ्ले,सचिवद्धय रुपनारायण जवेगु,वृजहाङ आङदेम्बे,सहसचिव बालकृष्ण ओझा लगायत पाटीका पदाधिकारी र जिल्ला कमिटी,नगर कमिटी सदस्य,स्थानिय तहका जनप्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *