समथिङ फाउण्डेशन नेपालद्धारा दुई जना लेखक लाई पुरस्कृत र सम्मानित गरिने

Breaking News समाचार साहित्य

पाँचथर,माघ ४,
समथिङ फाउण्डेशन नेपालले लेखन तथा साहित्य क्षेत्रमा योग्दान पुरयाउने लेखक र साहित्यकार दुई जनालाई पुरस्कृत र सम्मानित गर्ने भएको छ ।
फाउण्डेशनले आज फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ का लेखक राज माङलाक र हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङ निवासी विद्या ओझा निर्दोशीलाई सम्मानित गर्न लागेको जनाएको छ ।
आगामी माघ २९ गते बुधबार फिदिममा एक कार्यक्रमका वीच लेखक माङलाकलाई ५५ हजार ५ सय ८० रुपैया सहित पुरस्कृत गरिने र साहित्य क्षेत्रमा योग्दान पुरयाउने निर्दोशीलाई ५ हजार ५ सय ८० रुपैया सहित सम्मानित गरिने फाउण्डेशनका अध्यक्ष मंगल बेघाले बताउनुभयो ।
संस्थाका संरक्षक लेखक गुरुङ रामप्रकाश समथिङले समथिङ साहित्यिक राष्ट्रिय पुरुस्कार र समथिङ साहित्यक राष्ट्रिय सम्मान वितरण गर्न ३ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।
कोषमा राखिएको उक्त रकमको ब्याज बाट पुरुस्कार प्रतिस्पर्धाको आधारमा हैन,योगदानको आधारमा भन्ने नारा सहित प्रत्येक २ वर्षको अन्तरमा एक एक जना लेखकलाई पुरस्कृत र सम्मान गरिने संस्थाका संरक्षक गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *