सामाजिक सुरक्षा भत्ता सवै वडामा बेङकिङ प्रणाली मार्फत अघि वढाउँदैछौ—केरुङ

Breaking News अन्तर्वार्ता समाचार

पाँचथरको फालेलुङ गाउँपालिका प्रमुख संच कुमार केरुङलाई पालिको गतिविधी लगायत विविध विषयमा पत्रकार जितेन्द्र भण्डारीले विभिन्न प्रश्न गर्नुभएको छ ।
१.अहिले फालेलुङ गाउँपालिकाले आ.व. ०७६÷०७७ को योजनाको काम कति सिध्याउनुभयो ?
अहिले झण्डै ३० प्रतिशत भन्दा वढि काम सकिएको छ ,योजनाको काम सकिएपनि भुक्तानी दिन सकिएको छैन्,पालिकाको प्रमुख प्रशासकिय अधिकृत र इन्जिनियरको सरुवाको कारण अनुगमन भइनसकेको हुँदा ती योजनाको फरफारक गरी भुक्तानी दिन नसकिएको हो । ५ वटा जति ठूला योजनाहरु छन्, ति योजनाको चाँडै टेन्डर निकाल्दैँछौ । यस्तै स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ,फालेलुङ गाउँपालिका वडा नम्बर ४,६,७ र ८ वडामा भवन निर्माणको काम सकिएको छ । यस्तै १,६ ७ नम्बर वडा कार्यालय बन्दैछ, शिक्षा क्षेत्र अन्र्तगत विद्यालयको भवन निर्माणको काम युद्ध स्तरमा भइरहेको छ, वडामा भइरहेका कामहरुको पनि काम युद्ध स्तरमा भइरहेको छ ।
२.विधुतीकरणको काम पनि अघि वढेको थियो ? कहिलेसम्म फालेलुङ गाउँपालिकालाई अध्यारो मुक्त गाउँपालिका निर्माण गर्ने हो ?
क्रमागत रुपमा योजना अघि वढाउने भन्ने विषयमा कुरा भइरहेको छ,पोल र तार टाङने काम सकिसकिएको छ,विधुतीकरणका लागि ३ करोड रुपैया विनियोजन भइसकेको छ, अव यो ठेक्का लाग्न आँटेको छ,लगभग यस वर्ष वडा नम्बर ३ र ४ को सवै वस्तीमा विधतीकरण भइसक्नेछ । ३ वटा वडा १,२, सहकारी मार्फत विधुतीकरण हुँदैछ,८ नम्बर वडामा बत्ति वलिसकेको छ,अब बाँकी रहेको ५ वटा वडाहरुको हकमा पनि गाउँघरमा रहेका साना लघु जलविधुत परियोजना लाई केन्द्रिय प्रशारण लाईनमा जोडेर चाँडै पालिकाभरी नै विधुतीकरण गर्ने सवालमा पालिका टिम नै लागेको छ ।
३.सरकारले पर्यटन वर्ष २०२० भनेर मनाईरहँदा फालेलुङ गाउँपालिकाले के सोच बनाएको छ ?
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर चारराते क्षेत्रमा हिलस्टेशन बनाएका छौँ,त्यस क्षेत्रलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु तय गर्नेछौँ ।
४.तपाईहरु निर्वाचित भएर आउनुभएको पनि झण्डै अढाई वर्ष वितेको छ ? जनप्रतिनिधी आउनुपर्व र आइसकेपछि यस पालिकाका जनताले के राहात महसुस गरे त ?
पालिकाका सवै वडाहरुको भवन निर्माण हुने क्रममा छ, दूरदराज जहाँ यातायातको सुविधा पुगेको थिएन् त्यस्तो ठाउँमा गाडी पुग्ने अवस्था बनेको छ,यस्तै अहिले संघ,प्रदेश र स्थानिय तह सँगको साझेदारीमा अहिले धेरै वटा कामहरु गर्न खोजिरहेका छौ, हिँवाखोलमा पुल बनिसकेको छ,मुँवाखोलाको डिपीआर भर्खरै सक्यौ,घुमाउनेटारको पनि पुलेको डिपीआर भइसकेको छ,त्यो पुलको पनि ठेक्का लाग्न आँटेको छ, यस वर्ष दुवै पुलको काम शुरु हुन्छ, पालिकाका गौरवका योजनाहरु कालोपत्रे गर्न अघि वढाउन कार्यपालिकाको वैठक बसेर अघि वढाउने तयारीमा छौ,अढाई वर्षको अवधिमा समग्रमा भौतिक पूर्वाधार विकाशकै कामलाई अघि वढायौ, र यो ५ वर्षे कार्यकालमा जति पनि पालिकामा निर्माणधिन पूर्वाधार विकाशको कामलाई टुंग्याइनेछ ।
५.अव अन्यत्यमा फालेलुङ वासीलाई केही छ भन्नु ?
सामाजिक सुरक्षा भत्ता पनि अव प्रत्येक वडामा बेङकिङ प्रणाली बाट अघि वढाउने तयारीमा छौ, २ नम्बर वडाको सामाजिक सुरक्षा भत्ता बेङकिङ प्रणाली मार्फत गइसेकेको छ ,अव चाँडै कार्यपालिका वैठक बसेर सवै वडाको सामाजिक सुरक्षाभत्ता बेङकिङ प्रणाली मार्फत गर्न लागिरहेका छौ, महालेखा परिक्षकले पनि सामाजिक सुरक्षाभत्ता अनिवार्य बेङकिङ प्रणाली मार्फत लैजान निर्देशन दिएको छ । यसर्थ सामाजिक सुरक्षा भत्ता लाई बेङकिङ प्रणाली मार्फत लैजान पालिका वासीको पनि साथ समर्थनको अपेक्षा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *