जेठ १५ अगावै सम्पूर्ण योजनाको काम सक्छौ—लिम्बु

Breaking News अन्तर्राष्ट्रिय

हिलिहाङ गाउँपालिकाको योजना लगायत समसमायिक विषयमा पत्रकार जितेन्द्र भण्डारीले हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम लिम्बुलाई सोध्नुभएको छ ।
१.पछिल्लो समय हिलिहाहाङ गाउँपालिकाले के गर्देछ ?
गत ०७६ असार १० गते गाउँसभा बाट पारित भएका निती तथा कार्यक्रहरुलाई कार्यान्वयन गराउनै काम भइरहेको छ, जस्तै पूर्वाधार तर्फ सडकस्तरोन्नित,अनि ट्रयाक ओपन जस्ता कुराहरु,खानेपानीका आयोजनाका विषयलाई अघि वढाउँदैछौ, अहिले जतासुकै स्थानियत तहा कर्मचारीका पदपूर्ति भइसकेको छैन् यसैक्रममा यस पालिकामा पनि कर्मचारी पदपूर्ति गर्ने सवालमा कामहरु भइरहेको छ । अहिले विषयगत शाखाहरुको काम पनि अघि वढिरहेको छ,शिक्षा,स्वास्थ्य,कृषि,पशुपालन लगायत कार्यालयको कार्यक्रमको काम अघि वढिरहेको छ ।
२.पालिकामा अहिले कर्मचारीको अभावका कारण कार्यसम्पादनमा समस्या छ भन्छन् नि ?
लोकसेवा आयोगको परिक्षामा यस हिलिहाङ गाउँपालिकाको विज्ञापन छुटेको हुँदा अहिले आ.व. ०७६÷०७७ को निती तथा कार्यक्रम कार्यन्वयन गराउने सवालमा ठूलो समस्या देखा परेको छ । अहिले कर्मचारीकै अभावका कारण निती तथा कार्यक्रहरुलाई अघि वढाउन समस्या परिरहेको छ । कर्मचारी समस्या त यो गाउँपालिकाको एकदमै ठूलो समस्या देखिएको छ ।
३.तपाई आउनुभएको पनि झण्डै ३ महिना हुन लाग्यो, तर पालिकालाई अघि वढाउन हाकिमको पनि महत्वपूर्ण भूमिका रहन्छ,तपाई रहन्जुले उपलिब्धमूलक र ठोस काम केहि गर्ने सोच बनाउनुभएको छ ?
मैले भन्दा पनि पालिकाको नेतृत्वले ल्याउनुभएको भिजन,प्लानलाई सफल बनाउने जिम्मा मेरो रहन्छ,त्यसका लागि म प्रतिवद्ध भएर काम गर्नेछु,जनप्रतिनिधीहरुको निम्ति बाधक बनेर होइन् उहाँहरुले देख्नु भएका सपनाहरु र ल्याउनुभएको भिजन प्लानलाई अघि वढाउन समन्वय,सहजीकरण र पुलको काम गर्नेछु, जसले गर्दा पालिकाको बनाएको ५ वर्षे आवद्यिक तथा गुरुयोजना अनुसार हामी लक्ष्यमा पुग्न सफल हुनेछौ ।

४. अहिले सम्म पालिकाको योजनाको कति प्रशित काम सकियो ?
म आएको पनि ३ महिना भयो,अहिले सम्म अनुमानित रुपमा हेर्ने हो भने कुल बजेटको १५ प्रतिशत काम सकियो, सातै वडाको उपभोक्ता समितीहरुलाई लक्षित गरी तय गरिएको अभिमुखीकरण सिध्याएर,योजना सम्झौता पनि सकिसकिएको छ, केहि सम्पन्न भएका योजनाहरुको भुक्तानी पनि दिएसकेका छौ, योजनाहरुको काम द्रुत गतिमा अघि वढिरहेको छ ।
५.पालिकाका सवै योजनाहरु ०७७ असार मसान्त अगावै सकिने अवस्था हो ?
मेरो चाहिँ मान्यता के छ भने असार विकाशलाई रोक्नुपर्दछ भन्ने हो,त्यसैले हिलिहाङ गाउँपालिकाका सवै योजनाहरु ०७७ जेठ १५ अगावै सक्ने गरी हामी लागिपरेका छौ, कर्मचारी र उपभोक्ता समितीका पदाधिकारीलाई पनि हैरानी,वर्षादको समयमा पनि अनुगमन गर्न समस्या हुने हुँदा जेठ १५ अगावै सक्न पालिका अध्यक्ष,उपाध्यक्ष,र पालिका टिमलाई नै अनुरोध गरेको छु,यसर्थ जेठ १५ अगावै सम्पूर्ण योजनाहरुको काम सकिनेछ ।
६.संघ,प्रदेश बाट आएका योजनाहरुको कामको गति कस्तो छ त ?
गत वर्ष संघ र प्रदेशको आयोजनाको अख्यितारी ढिला आएको र टेन्डर लगाउन पनि समय अपुग भएको हुँदा उपभोक्ता समिती मार्फत योजनाको काम भएको रहेछ,ती योजनामा केहि प्राविधिक समस्याका कारण अहिले पुरा भुक्तानी दिन सकिएको छैन्, वडा नम्बर ७ मा स्वास्थ्य चौकी भवन निर्माण भइसकेको छ,त्यसको भुक्तानी हुन बाँकी छ ।
७. गत वर्ष पालिकाले सभ्य,भब्य रुपमा सफलतापूर्वक हिलिहाङ महोत्सव संचालन गर्यो,अव सरकारले यस वर्ष पर्यटन वर्ष भनेर घोषणा नै गरिसकेको छ, यस वारेमा पालिकाले के सोच बनाएको छ ?
यो गाउँपालिकाले यहाँले भनेजस्तो पहिल्यै पनि हिलिहाङ दरबार क्षेत्रमा हिलिहाङ महोत्सव संचालन गरेको थियो, यस्तै पालिकाले पर्यटन गुरुयोजना पनि बनाईसकेको छ, अव चाँडै वस्ने कार्यपालिका तथा हिउँदे गाउँसभा बाट यसबारेमा ठोस योजना बनाएर हामी अघि वढ्नेछौ, विशेषगरी पालिका क्षेत्र प्रवेश गर्दा स्वागत गेट निर्माण,होटल ब्यवसायीलाई सचेतनामूलक तालिम दिने,पालिकाका ऐतिहासिक,धामिर्क,पर्यटिकय,रमणिय स्थलको बारेमा प्रचार प्रसार गर्ने सोच बनाएका छौ ।
८. अब अन्त्यमा हिलिहाङवासी जनतालाई केही भन्नु छ ?
आम हिलिहाङवासी तथा उपभोक्ता समितीहरु,सेवाग्राहीलाई म के भन्न चाहान्छु भने हामीले उपभोक्ता अनुशिक्षण तालिम गरिसकेका छौ, उपभोक्ताहरुले तोकिएको समयमै,तोकिएको गुणस्तरमा,परिणाममा काम गरेर मात्रै भुक्तानीको लागि आईदिनुहोला । जसले गर्दा चाप र दवावको भरका काम गर्नुपर्ने परिपाटीको अन्त्य हुनेछ,हामी कर्मचारी न्यून संख्यामा रहेको बेलामा तपाईहरु तोकिएको समयमै काम सम्पन्न गरी भुक्तानीका लागि आईदिनुभयो भने हामीलाई वर्षभरी दवाव हुने थिएन्, र सम्पूर्ण जनप्रतिनिधीहरुलाई पनि आफ्नो वडामा निरन्तर अनुगमन,सुपरिवेक्षण गरी,प्रभावकारी कार्यान्वयनका लागि यहाँहरुले पनि भूमिका खेलिदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *