अव सेवा लिन वडा कार्यालय धाउने वाध्यता हटाउँदैछौ—गौतम

Breaking News अन्तर्वार्ता साहित्य

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन गौतम लाई वडाको आ.व.०७६÷०७७ को योजनाको काम कसरी अघि वढिरहेको छ,तथा वडाको गतिविधीको विषयमा पत्रकार जितेन्द्र भण्डारीले सोध्नुभएको छ ।
१.हिलिहाङ गाउँपालिका वडा नम्बर ३ मा अहिले के मा ब्यस्त छ ? वडामा योजनाको काम कति सिध्याउनुभयो ?
अहिले योजनाको काम हेर्ने हो भने ३५ प्रतिशतको हाराहारीमा सकियो भन्ने लाग्छ,अहिले यस वडाको सामाजिक सुरक्षा भत्ता बेङकिङ प्रणालीमार्फत लैजानका निम्ति हामी जनप्रतिनिधी,कर्मचारी सवै यहिँ कामका लागि घरघरमा गएर सम्वन्धित ब्यक्तिको आवश्यक फर्म भर्ने,तस्विर लिने,बेंक खाता खोल्ने लगायतका कामहरु गरिरहेका छौ, अव यस वडाका वडावासीहरु काम लिएर वडा कार्यालय सम्म धाउने ब्यवस्थाको अन्त्य गर्न लाग्दैछौ,त्यसका लागि प्रत्येक टोलटोलमै स्थापना भएका सामुदायिक भवनहरुमा नेट जडान गरेर त्यहीँ बाट जनतालाई सेवा दिने,यदि वडाअध्यक्षले नै हस्ताक्षर गर्नुपर्ने भयो भने पनि त्यहीँ सामुदायिक भवनबाटै अध्यक्ष इमेल गरिदिने र अध्यक्षले हस्ताक्षर गरी तुरुन्त इमेल गरिदिने ब्यवस्था गर्न लागेका छौ, जसका लागि ती वडाका सामुदायिक भवनहरुमा विभिन्न विषयगत शाखाका कर्मचारी तथा जनप्रतिनिधीहरु बाट काम हुनेगरीको प्रवन्ध मिलाउँदैछौ । यस्तै अव सडकको ट्रयाक ओपन भन्दा पनि सडकको स्तरोन्नितलाई प्राथामिक्ता दिँदैछौ,स्तरोन्तिमा पनि पक्की नाली निर्माण गर्नुपर्दछ भन्ने मान्यताका साथ हामी सडकस्तरोन्नितको काम गर्देछौ ।
२. तपाईहरु निर्वाचित भएर आएको पनि अढाई वर्ष वितिसक्यो,यहाँको आधा कार्यकालमा गरेका महत्पूर्ण र उपलब्धिमूलक कार्यहरु के के हुन् त ?
सर्वप्रथमत हामी सित सवै टोल वस्ती पुगेन् सडक थिएन्, यस वडाको पुच्छार मिरधुङगा वालविकाश केन्द्र देखि यस वडाको शिर आगेजुङ गुम्बा सम्म बाहै्रमास सडक संचालन हुने ब्यवस्था मिलायौ, धेरै वटा विद्यालय तथा सामुदायिक संस्थाहरुमा शौचालयको प्रवन्ध गरियो, प्रत्येक टोलहरुमा वालविकाश केन्द्र स्थापना गरियो,कृषि क्षेत्रमा पनि कृषकहरुलाई विऊ विजन वितरण गर्यौ,कृषकहरु पनि क्रमश ब्यवसायिक वन्दै जानुभएको छ,अब्यवस्थित रहेको खानेपानीलाई ब्यवस्थित गर्दे लैजाँदैछौ,यस वर्ष ७० घर परिवारलाई एक घर एक धारा भन्ने कार्यक्रम संचालन गर्देछु,मेरो कार्यकालमा यस हिलिहाङ ३ नम्बर वडावासीका प्रत्येक घरघरमा शुद्ध पिउने पानीको धारा निर्माण गर्नेछु । जहाँ शिक्षक दरवन्दीको अभावमा पठनपाठन गर्न समस्या थियो,त्यस्तो विद्यालयमा पालिकाबाट राहात शिक्षक ब्यव्स्था गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हुँदै गएका छौ,अबको ६ महिना भित्रमा पालिकालाई पनि पूर्ण रुपमा विधुतीकरण गर्देछौ, जनताको जीवनस्तर उकास्न आवश्यक कामहरु हामीले यो अढाई वर्षको अवधिमा गरेका छौ ।
३.यहाँको कार्यकालमा यस वडालाई कस्तो बनाउने तपाईको सपना छ ?
सुभाङ खोला देखि साविक पंचमी गाविस सम्म सिंचाई पुरयाउन लागिरहेको छौ, त्यसका लागि हामी प्रदेश र संघिय सरकार सित पनि समन्वय गरेर काम गर्न खोजिरहेका छौ,झण्डै ५ देखि ७ करोड रुपैया जति भयो भने यो पक्की कुलो बन्थ्यो,जसले गर्दा यस सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई धेरै राहात हुनेथियो,त्यो कुलोलाई मेरो कार्यकाल सम्ममा जसरी पनि बनाएर छोड्नेछु । गुम्बाबाट तल गोपेटारसम्म आउने पिच बाटोको कामलाई अघि वढाउन मानिनिय मन्त्री वशन्त कुमार नेम्बाङ सित समन्वय गर्नेछु,वडा बाट ठूला कामहरु त के नै गर्न सकिन्छ तर पनि प्रदेश र संघ सित समन्वय गर्दे विकाश गर्न अघि वढ्नेछौ ।
४. सन् २०२० लाई सरकारले पर्यटन वर्ष भनेर घोषणा गरेको छ ? यसबारेमा वडा तथा पालिकाले के सोच बनाएको छ ?
राष्ट्रिय सभाको चुनावले अलमल्यायो नत्र माघ ७ गते कार्यपालिका वैठक बसेर यस बारेमा निर्णय गर्ने थियौ, तर अब माघ १२,१३ गते वैठक बसेर प्रचार प्रसारका लागि योजनाबद्ध कार्यक्रमहरु बनाएर जाने सोच बनाएका छौ,अवश्य पनि सरकारले घोषणा गरेको पर्यटन वर्ष लाई सफल बनाउन हामी प्रतिवद्ध भएर लाग्नेछौ ।
५.अव अन्त्यमा यस वडावासीका लागि के छ भन्नु ?
हामी जे गर्देछौ,हाम्रै लागि गर्देछौ,हाम्रै काम गर्देछौ, हामीले कुनै एउटा ब्यक्तिका लागि काम गरेको होइन्,हामी सवै जुटौ,सवै एकठाउँमा काँधमा काध मिलाएर अघि वढै,सधै सरकारको मात्रै मुख नताकौँ,हामी आफ्नो पनि दायित्व सम्झेर गाउँ,टोल वस्ती निर्माण गर्यौ भने आफ्नो गाउँ आफैँ बन्दछ,त्यसैले म आम वडालाई स्थानिय सरकार सित एकजुट भएर काम गर्न हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *