जनताको दुख,पिडामा साथ दिन जतिखेर पनि तयार छौँ—आङदेम्बे

Breaking News अन्तर्वार्ता

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ का नारायण प्रसाद आङदेम्बे सित पत्रकार जितेन्द्र भण्डारीको वडाको गतिविधी तथा योजनाको विषयमा संवाद गर्नुभएको छ ।
१. अहिले फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ का आ.व. ०७६÷०७७ का योजनाहरुको काम कसरी अघि वढिरहेको छ त ?
अहिले योजनाहरुको काम धमाधम अघि वढ्दै छ,धेरै वटा योजनाहरुको अहिले उपभोक्ता समिती गठन भइसेको छ, अव द्रुत गतिमा अघि वढ्छ, यी योजनाहरुलाई समयमै सम्पन्न गर्न वडा कार्यलय तदारुक्ता साथ अघि वढिरहेको छ ।
२.अहिले सम्ममा वडामा कति प्रतिशत काम सक्नुभयो ?
अहिले सम्म २० प्रतिशत जति योजनाको काम सकियो,अब दुई वटा उपभोक्ता समितीहरु गठन गर्न बाँकी छ ,वडाबाट विनियोजन भएका सवै योजनाहरुमा उपभोक्ता समिती गठन गरी योजनाको प्रक्रिया अघि वढाइयो, २ वटा मात्रै उपभोक्ता समिती गठन गर्न बाँकी छ,पालिका बाट विनियोजित रकमको योजनाको उपभोक्ता समिती गठन गर्न बाँकी छ, ती समितीहरु पनि धमाधम गठन गरिराखिएको छ ।

३.यहाँले अढाई वर्षको दौरानमा देखिने उपलब्धि र ठोसमूलक कामहरु के के हुन् त ?
धेरै ठूला कामहरु त गरिएन् होला तर जनताहरुलाई घाउ भएको बेला मलमपट्टी लगाउने काम गरेको छु, वडाको प्रत्येक टोल वस्तीहरुमा सडक पुरयाएको छु,जसका कारण यस ठाउँका स्थानियहरुलाई आपत्त विपद् तथा विरामी हुँदा पनि टोटोलमा एम्बुलेन्स पुग्न बाट विरामीको उद्धार गर्न सकियोस्,यस्तै पूर्वाधार विकाशको काम गरेको छु,खानेपानीको ब्यवस्थापन गरेर अहिले यस भेगका जनताले घरघरमा खानेपानी पाएका छन् ।
४.तपाईहरु निर्वाचित हुनुपूर्व यस भेगका जनताको अवस्था कस्तो थियो र तपाईहरु निर्वाचित भएपछि जनताले के के राहात पाए त ?
हामी निर्वाचित हुनभन्दा अघि नै ट्रयाक ओपन भएका सडकहरुलाई स्तरोन्नित गरेका छौ,सिस्नेरी हुँदै घुर्विसे पंचमी पालिकाको केन्द्र जोडिने सडकको कामलाई अघि वढाएका छौ,जनतालाई परेको दुख,पिरमर्को,पिडामा हामीले सहजीकरण गरेको छौ,यो कार्यलाई निरन्तर अघि वढाउँछु ,यस्तै यस वडामा रहेको जयनारायण आर्दश माविमा विद्यालयको गुणस्तर सुधार्न अहिले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यम बाट पठनपाठन भइरहेको छ । यसका लागि वडा कार्यालयले पनि सक्दो सहयोग गरिरहेको छ । यस्तै स्वास्थ्य चौकीमा अहिले वर्थिङ सेन्टर संचालनमा ल्याइएको छ, यिनै विषयहरुलाई अघि वढाईरहेको छु ।
५. अन्त्यमा यस वडावासीको लागि केही छ भन्नु ?
यस पालिकामा भएको उपनिर्वाचन,चाडपर्व जस्ता विविध कारणले योजनाको काम तिव्र गतिमा अघि वढाउन सकिएको थिएन्,अव योजनाको काम रफतारमा अघि वढाउने समय हो,त्यसैले आम उपभोक्ता समितीहरुलाई सम्झौता बमोजिम,गुणस्तरीय ढंगबाट समयमै काम सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु, यस्तै वडामा तपाईहरुको पिरमर्का दुख,पिडामा मलम पट्टी लगाउन हामी जनप्रतिनिधीहरु जतिखेर पनि तल्लिन छौ भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *