सवैको सहकार्य बाट मात्रै विकाश र समृद्धि सम्भव छ—तुम्बापो

Breaking News अन्तर्वार्ता समाचार

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लिलाराज तुम्बापो लाई पत्रकार जितेन्द्र भण्डारीले वडाको विषयमा संवाद गर्नुभएको छ ।
१.आ.व.०७६÷०७७ का योजनाहरुको काम कति सकियो ?
विशेष गरी फिदिम नगरपालिका तथा प्रदेश,संघ बाट वडामा प्राप्त भएका योजनाहरु धमाधम कार्यान्वयन गराउन ब्यस्त छौ,यस्तै अहिले यस वडामा विधुतीकरण गर्न बाँकी रहेको हुँदा यस वडालाई पूर्ण रुपमा विधुतीकरण गर्न लागिरहेका छौँ ।
२.अव कहिल्यै सम्म विधुतीकरणको काम सकेर वडालाई उज्यालो वडा घोषणा गर्नुहुन्छ त ?
पूर्वकै प्रसिद्ध धार्मिक स्थल लब्रेकुटीमा विधुतीकरण गर्न बाँकी थियो, त्यस स्थानमा अहिले हामीले ५० के.भी.एको ट्रान्सफर्मर जोडन बाँकी थियो, त्यो हामीले जोडिसकेका छौ, जौवारी भन्ने स्थानमा हामीले विधुतीकरण गरिसकेका छौ,साविक चोकमागु गाविसको वडा नम्बर १ र ९ मा मात्रै बाँकी छ,विधुतीकरण गर्नलाई अव यस आर्थिक वर्ष भित्रमा सिध्याएर यस वडालाई उज्यालो वडा घोषणा गर्छो ।
३.पर्यटन वर्ष २०२० मनाईरहँदा तपाईको वडाले के सोच बनाएको छ ?
फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको संगम स्थलमा रहेको लब्रेकुटी र सिलौटी क्षेत्रमा किराँत धर्म प्रति आस्था राख्नेहरु पर्यटक देखि धार्मिक ब्यक्तित्वहरु जो चाहिँ नेपालको मात्रै नभएर विश्वदेखि आउनुहुन्छ,हाम्रो बलबुताले भ्याएसम्म विकाशका पूर्वाधारहरुलाई ब्यवस्थापन गर्ने सोच बनाएका छौ, गत वर्ष मात्रै प्रदेश सरकारको लगानीमा बृहत प्रवचन मैदान भनेर निर्माण गरेका छौँ । प्रवेशद्धार गेट निर्माण हुन लागेको छ । हामीले भर्खरै मात्र पनि फ्रि वाईफाई राखेका छौ, त्यस ठाउँमा आउने भक्तजन तथा पर्यटकहरुलाई धेरै सहज हुन्छ भन्ने लाग्दछ ।
४.विषयगत रुपमा त्रमश कुरा गर्दे जाऊ,स्वास्थ्य,शिक्षा,खानेपानी,कृषि,पशुपालन क्षेत्रमा के के गर्देहुनुहुन्छ ?
क.स्वास्थ्य
यस वडाका स्वयम सेविकाहरुलाई उत्साहित बनाउन प्रोत्साहन भत्ता वडा बाटै छुट्याईदिएका छौ,पहिल्यै यो खालको परम्परा थिएन्,हामीले नयाँ किसिमको ब्यवस्थाको थालनी गरेका छौ, यो कार्यले स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्दछ भन्ने लाग्दछ । अब चाँडै यस वडाका वडावासीलाई लक्षित गरेर बृहत शिविर संचालन गर्देछौँ ।
ख.शिक्षा.
शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्न हामीले अहिले सरस्वती मावि लाई अनलाईन शिक्षा लागू गर्न लाग्दैछौ,यस्तै भवनको अभाव भएको विद्यालयहरुमा भवन निर्माण गर्ने,तथा भवनहरुको मर्मत गर्ने सोच बनाएका छौ ।
ग.कृषि तथा पशुपालन
यस क्षेत्रको कृषिको आधुनिकिकरण गर्न हामी प्रतिवद्ध भएर लागेका छौ, गाउँमा भएका वेरोजगार यूवाहरुलाई कृषि तथा पशुपालन क्षेत्रतर्फ आकर्षण गर्दे यस क्षेत्रमा उनीहरुलाई ब्यवसायिक बनाउन लागि परेका छौँ ।
घ.खानेपानी
यस वडाका प्रत्येक घरधुरीलाई लक्षित गरी खानेपानीको धारा ल्याउन लागि रहेका छौ,यसका लागि नयाँ योजना संचालन गर्न लागेका हौँ, त्यसका लागि डिपीआर समेत गरिसकिएको छ ।
ङ लक्षित वर्ग
लक्षित वर्गलाई पनि समेटेका छौ,उनीहरुको उत्थान तथा प्रर्वद्धन हुने किसिमका कार्यक्रमहरु विगतमा पनि गर्यौ र अव पनि गर्नेछौ । उनीहरुको कार्यक्रमबाट विशेष गरी आयआर्जन तथा उनीहरुलाई टेवा पुरयाउने कार्यक्रम गर्नेछौँ ।
५.अब अन्त्यमा यस वडावासीको लागि केही छ भन्नुपर्ने ?
समृद्धि र सुखी नेपाली बन्ने र बनाउने अभियानमा छौँ हामी, यसका लागि एक्लो प्रयास बाट सम्भव हुँदैन् हामी आम जनप्रतिनिधी,सम्पूर्ण राजनितीक दल,आम वडावासी सवैको साथ,समर्थन र सहयोग पाएको खण्डमा मात्रै समृद्धि र विकाश सम्भव हुन्छ । त्यसैले सवै वडावासीलाई एकजुट भएर विकाश निर्माण जुट्न हार्दिक अनुरोध गर्दछु । यस्तै यस आ.व. ०७६÷०७७ का योजनाहरुको काम द्रुत गतिमा अघि वढाई समयमै,गुणस्तरीय र सम्झौता बमोजिमको काम गर्न उपभोक्ता समितीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *