स्तरोन्नित भएको खेलमैदानमा चोकमागु युथ गोल्डकप हुने

खेलकुद समाचार

पाँचथर,माघ १८,
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ चोकमागुमा रहेको सरस्वती मा.वि.को खेलमैदानको स्तरोन्नित गरिएको छ ।
प्रदेश सांसद आशा रत्न जवेगुको ५ लाख रुपैयाको लागतमा स्तरोन्नित गरिएको हो । स्तरोन्नित पश्चात खेलकुद प्रतियोगिता गर्न थप सहज हुने वडाअध्यक्ष लिलाराज तुम्बापोले बताउनुभयो ।
आगामी फागुन ७ गते बाट यस खेलमैदानमा दोस्रो चोकमागु युथ गोल्डकप पुरुष तथा महिला फुटवल प्रतियोगिता शुरु हुने भएको छ ।

 


स्थानिय चोकमाथु युथ कल्बको आयोजनामा संचालन हुने प्रतियोगिताको विजताले नगद ५५ हजार रुपैया र उपविजेताले ३० हजार रुपैया हात पार्ने आयोजक क्लवका अध्यक्ष सुमन तुम्बापोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *