मेलमिलापद्धारा नै न्याय सम्पादन गरिँदैछ—सेढाई

Breaking News अन्तर्वार्ता

पाँचथरको हिलिहाङ गाउँपालिका उपप्रमुख तथा न्यायिक समिती संयोजक सुमित्रा उप्रेती सेढाईलाई पत्रकार जितेन्द्र भण्डारी न्यायिक समिती तथा पालिकाको गतिविधीको विषयमा संवाद गर्नुभएको छ ।
१.यो अढाई वर्षको दौरानमा अहिले सम्म के कस्ता,कति वटा मुद्धा दर्ता भए ? र ती मुद्धाहरुलाई कसरी न्याय सम्पादन गरिरहनुभएको छ त ?
२ वर्षको अन्तरलामा यस पालिकामा २० वटा जति मुद्धा दर्ता भएका छन् । पालिकाको सवै वडामा मेलमिलापकर्ता गठन गरिसकेको छ, कतिपय मुद्धाहरु पालिकामा मिलेर आउँछन्,वडामा नमिलेको मुद्धाहरु पालिकाको न्यायिक समितीमा आउने गर्दछन्, र समितीमा आएका मुद्धाहरुलाई पनि मेलमिलापद्धारा नै निरुपण गर्ने गरिएको छ ।
२.अहिले सम्म के कस्ता प्रकृतिका मुद्धाहरु आएका छन् ? र त्यसलाई कसरी न्याय सम्पादन गरिरहनुभएको छ ?
अहिले सम्म साँध सिमाना,लेनदेन,सम्वन्ध विच्छेद,जस्ता मुद्धाहरु आएका छन् । सम्वन्ध विच्छेदको हकमा हामीले सक्यौ भने मेलमिलाप द्धारा नै मिलाउँछौ, सकेनौँ भने माथिल्लो निकायमा सिफारिस गर्छो ।
३.न्याय सम्पादन गरिरहँदा भोग्नुपरेको चुनौँती के हो ?
हामी कानुनका विद्यार्थी होइनौँ,सवै ऐन,नियम,कानुन हामीलाई पनि थाहा हुँदैन् त्यसकारण धेरै चुनौतीहरु छन् । न्याय सम्पादन गरिरहँदा हामीले नसकेका मुद्धाहरु कानुनी सल्लाहकार लाई बोलाएर परामर्श गरी न्याय दिइरहेका छौँ भने कतिपय मुद्धाहरु आफैँले पनि निरुपण गरिरहेका छौँ ।
४.तपाई जनप्रतिनिधी भएर आएपछि देखिने गरी जनताले पाएको उपलिब्ध के हो त ?
हामीले खास गरेर महिलाहरुको क्षमता अभिवृद्धिको कार्यक्रहरु राखेका छौँ, भौतिक पूर्वाधार विकाश अन्र्तगत प्राय सवै वडाहरु,वडाको टोलवस्ती स्तरमा सडक पुरयाएका छौ,विधुतीकरण,खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,पशुपालन,सिचाई,लक्षित वर्ग,पर्यटन क्षेत्र सवै क्षेत्रलाई समेटेर काम गरेका छौँ ।
५.तपाईको कार्यकालमा हिलिहाङ गाउँपालिकालाई कस्तो बनाउने सपना छ त ?
महिला,वालवालिका,जेष्ठ नागरिकहरुको उत्थान र प्रर्वद्धन हुने किसिमका कार्यक्रहरु ल्याउनेछौ, जसले गर्दा उनीहरुको क्षमतामा अभिवृद्धि हुनेछ भन्ने विश्वास लिएको छु,यस्तै पालिकामा पिछडिएको समुदाय वर्गको उत्थान हुने कार्यक्रमहरु पनि ल्याउने सोचमा छौँ ।
६.अन्त्यमा हिलिहाङवासीका लागि केही छ भन्नु ?
हिलिहाङवासीहरुले नै हामीलाई जनप्रतिनिधी बनाएर यो ठाउँसम्म पुरयाउनुभएको छ, हामी निरन्तर जनताको काममा खटिएका छौँ,यहाँहरुको निरन्तर साथ,सहयोग,सल्लाह सुझावको अपेक्षा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *