हाम्रो एउटै एजेण्डा छ,फाल्गुनन्दलाई समृद्ध बनाउने—कुरुम्बाङ

Breaking News अन्तर्वार्ता समाचार

पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुखमा गत मंसिर १४ गते भएको उपनिर्वाचन बाट नवनिर्वाचित प्रमुख बिर बहादुर कुरुम्बाङ सित पत्रकार जितेन्द्र भण्डारीले दिव्यवाणी अन्र्तरसंवाद गरेको सवालजवाफ यस्तो छ ।
१.यहाँ उपनिर्वाचन बाट निर्वाचित भएर आएपछि अहिले सम्म के के गर्नुभयो ?
अहिले म पालिकाको विधी र प्रक्रिया लाई अवलम्वन गर्नुपर्दछ भन्ने मान्यताका साथ अघि वढिरहेको छु । हामीले यस पालिकामा उपभोक्ता समिती बनाउँदा पहिल्यै योजनाको सवै क्षेत्र वर्गलाई समेटेर उपभोक्ताको समिती बनाउने, र योजनाको लागत स्टिमेन्ट गर्ने, र लागत स्टीमेन्ट तयार भएपछि त्यसैको आधारमा काम शुरु गर्ने, यो एउटा प्रक्रिया शुरु गरिएको छ । र अर्को कुरा योजनाहरु चाहिँ असार १,२ गते पनि सम्झौता भइरहने, र असार ५,६ गते भुक्तानी हुने प्रक्रिया पनि थियो, र अव यस पालिकामा चैत्र मसान्त सम्म सम्पूर्ण योजनाको सम्झौता प्रक्रिया सकिसक्ने, र जेठ मसान्त देखि उता कुनै पनि योजनाको रकम भुक्तानी नगरिने भएको छ ।
२.उपनिर्वाचनले योजनाहरुको काममा प्रभावित भयो भन्ने हल्ला पनि छ नि ?
त्यस्तो छैन्,जब मलाई उपनिर्वाचन बाट अध्यक्ष पदमा जिताएपछि विकाश निर्माणको काम द्रुत गतिले अघि वढाईरहेको छु । त्यति मात्रै होइन्,कतिपय उपभोक्ता समितीहरुले सानो सडक निर्माण गर्ने,अनि प्राविधिकहरुलाई धम्क्याउने त्यस्तो खालको प्रवृति वढेको रहेछ,त्यसको अन्त्य गर्ने कोसिस गरेको छु ।
३.तपाईले प्राविधिकलाई धम्क्याउने उपभोक्ता समितीलाई तह लगाउँछु भन्ने सवालको सामाजिक संजाल फेसबुकमा स्टाटस पनि राख्नुभएको थियो ? कतै तपाईलाई नै त धम्की आएको छैन् ?
पहिलो कुरा त त्यसरी धम्की दिन सक्दैनन्, कसैले धम्की दिएर हुनेवाला केही पनि छैन्,कानुन भन्दा माथि कोही पनि छैनन्,त्यसले गर्दा कानुनको परिधि भित्र हामी सवै रहनुपर्दछ,रहँदा खेरी उनीहरुले धम्की दिने अवस्था छैन् । प्राविधिकहरुलाई धम्की दिएर रकम भुक्तानी गर्न सकिन्छ कि भनेर धम्की दिएका होलान्,त्यो कुरा सम्भव छैन्, त्यस्ता गर्नेलाई पालिकाको न्यायिक समितीमा बोलाएर कागज गरेर हामीले पठाईसकेका छौ,आइन्दा देखि यस्तो कार्यहरु गर्दिन् भनेर गइसक्नुभएको छ, मलाई त्यस्तो धम्की आउँछ जस्तो लाग्दैन्,कानुन भन्दा माथि कोही पनि छैन् ।
४.आधा कार्यकाल मात्रै पालिकाको अध्यक्ष हुनुभयो ?यो समयमा के गर्ने भिजन बनाउनुभएको छ ?
छोटो समय भएपनि धेरै कामहरु गर्न सकिन्छ जस्तो लाग्छ, यस पालिकाको कतिपय सडकहरु कालोपत्रे गर्नुपर्ने अवस्था छ,त्यसको शुरुवात गरिसकेको छु, म निर्वाचित भएपछि दोस्रो कार्यपालिका वैठक बाटै ती निर्णयहरु अघि वढिसकेको छ,उत्तरे यासोक सडकखण्डको स्तरोन्नित भएको सडकमा कालोपत्रेको प्रक्रिया अघि वढाईनेछ । साम्दिन देखि मायालु मोड हुँदै नवमीडाँडा,सिवा दोभान बाट लुम्फाबुङ हुँदै नवमीडाँडा सम्म आइरहेको छ,अब नवमीडाँडा बाट फाक्तेप हुँदै पालिका सम्म जोड्ने सडकको पनि कालोपत्रेको प्रक्रिया अघि वढाईने छ । पालिकाको भवन निर्माणको लागि बजेट आइसकेको हुँदा यसको टुंगो लगाउनका लागि म अघि वढिरहेको छु ।
५.तपाईले काम गर्ने त धेरै सोच राख्नुभएको रहेछ तर तपाई पालिकामा त अल्पमतमा हुनुहुन्छ नि ? सवै कामहरु गर्न सक्नुहुन्छ त ?
मलाई त्यस्तो लागेको छैन्,हिजो चुनावताको समयमा हामी पाटी पाटी विच लडेका थियौँ, तर त्यो जनताले फैसला गरेपछि अध्याय समाप्त भएको छ, अब हाम्रो एउटै मात्र एजेण्डा छ,फाल्गुनन्द गाउँपालिकाको जनतालाई विकाश निर्माण गरेर कसरी सुखी बनाउने ? र समृद्ध फाल्गुनन्द गाउँपालिका कसरी बनाउने ? यो एउटै एजेण्डा भएकोले विकाश निर्माणको कार्यमा अल्पमत र बहुमत हुँदैन् ? त्यसैले हाम्रो त एउटै एजेण्डा छ,समृद्धि र विकाशले पालिकालाई जोड्ने,त्यसैले सवै पाटी बाट निर्वाचित भएका जनप्रतिनिधीहरुको साथ र समर्थन छ,त्यस्तो अप्ठेरो छैन् ।
६.अन्त्यमा फाल्गुनन्दवासीको निम्ति केही छ भन्नुपर्ने ?
अहिले योजनाहरुको काम सवैतिर चलिरहेको छ, लागत स्टीमेन्टको आधारमा काम हुनुपर्ने भएपनि भइरहेको छैन् कि ? सम्झौता अनुरुपको काम भइरहेको छैन् कि त्यसैले यसबारेमा आम फाल्गुनन्दवासीको खवरदारी आवश्यक छ । पालिकाको समृद्धि र विकाशको निम्ति यहाँहरुको साथ,समर्थन, निरन्तर सल्लाह,सुझावको अपेक्षा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *