चोकमागु युथ गोल्डकप फुटवल प्रतियोगिता शुरु

खेलकुद समाचार

पाँचथर,फागुन ७,
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ चोकमागुमा आजदेखि चोकमागु युथ गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
चोकमागु युथ क्लवको आयोजना तथा फिदिम नगरपालिका वडा नम्बर ५ को मुख्य प्रर्वद्धनमा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश १ का सांसद आशारत्न जवेगुले गर्नुभएको थियो ।
उद्घाटन गर्दे उहाँले खेलकुद क्षेत्रको विकाश र प्रर्वद्धनको निम्ति प्रदेश सरकार पनि तत्पर रहेको उल्लेख गर्नुभयो । प्रतियोगिताको उद्घाटन खेलमा ग्रिन इन्टरनेशनल क्लव (जीआइसी) पाँचथर बिजयी बनेको छ । आयोजक निलोलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउदै जीआइसी बिजयी बनेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकर मार्फत् लिइएको थियो । बुधबारै भएको अर्को खेलमा हिलिहाङ फाउन्डेशनलाई
२–० ले पराजीत गर्दै मानेक्स क्लव फिदिम बिजयी बनेको छ । प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल मंगोल–११, फिदिम–६, र सुम्हात्लुङ युथ क्लव फिदिमबीच बिहान दश बजेदेखि हुने आयोजक चोकमागु युथ क्लवका अध्यक्ष सुमन तुम्बापोले बताए ।
चोकमागु युथ क्लवको आयोजनामा दोस्रो चोकमागु युथ गोल्डकप नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको हो ।
सरस्वती मावि चोकमागुको खेलमैदानमा सुरु भएको प्रतियोगिताको पुरुषतर्फको बिजेताले नगद ५५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद ३० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र त्यस्तै महिलातर्फको बिजेताले नगद १५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र त्यस्तै उपबिजेताले नगद आठ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *