फलफूल खेतीमा वडावासीलाई आत्मनिर्भर बनाउन लाग्दैछौ—कुरुम्बाङ

Breaking News अन्तर्वार्ता

पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कुलदेव कुरुबाङलाई दिव्यवाणी अन्र्तसंवादमा पत्रकार जितेन्द्र भण्डारीले गरेको संवाद यस्तो छ ।
१.अढाई वर्षको अन्तरालमा उपलिब्धमूलक कार्यहरु के के गर्नुभयो ?
सडक,पुल निर्माण भएको छ,बत्ति पुग्दैछ गाउँमा,जनप्रतिनिधी आउनुपूर्व भन्दा त हामी निर्वाचित भएपछि त धेरै हामीले विकाश निर्माणको कार्यहरु गर्न सफल भएका छौ नि ।
२.आर्थिक वर्ष ०७६÷०७७ को कत्ति प्रतिशत काम सक्नुभयो ? अब रहेको बाँकी योजनाको काम कहिल्यै सक्नुहुन्छ ?
अहिले पहिलो र दोस्रो चौमासिकको कामहरु सकेका छौ,अब तेस्रो चौमासिकका योजना तथा कार्यहरु गर्ने काम पनि थालनी गरेका छौ ।
३.अब तपाईको वडालाई बाँकी रहेको यहाँको कार्यकालमा कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
यस वडालाई कफी जोनको वडाको रुपमा विकशित गर्न लाग्दैछौँ,ब्यवसायिक फलफूल खेती गरेर वडावासीलाई फलफूलमा आत्मनिर्भर बनाउँदैछौँ ।
४.अन्त्यमा केही छ तपाईको तुम्बेवा ५ नम्बर वडावासीको निम्ति भन्नुपर्ने ?
समयमै सवै आयोजनाको काम सम्झौता अुनरुप,गुणस्तरीय ढंगबाट सम्पन्न गराउन यस वडाका उपभोक्ता समितीहरुलाई आग्रह गर्दछु,साथै कामको अनुगमन निगरानी गर्ने दायित्व वडावासीको पनि भएको हुँदा प्रभावकारी अनुगमन र खवरदारीको खाँचो छ । वडावासीको निम्ति यिनै कुरा भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *