फालेलुङमा दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

Breaking News खेलकुद समाचार

पाँचथर,फागुन १६,
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ फालेलुङ गाउँ पालिका स्तरीय “दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार बाट प्रारम्भ भएको छ ।
सरस्वती मावि मच्छेबुङको प्राङगणमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दे प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने बताउनुभयो ।

फालेलुङ गाउँपालिका प्रमुख संच कुमार केरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पालिका उपप्रमुख हिमा अधिकारी,सशस्त्र प्रहरी नायव उपरिक्षक शैलेष श्रेष्ठ,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद चौहान, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा,खेलकुद विकाश समिती पाँचथरका प्रमुख मातृका दाहाल, नेपाल शिक्षक महासंघ फालेलुङ अध्यक्ष लक्ष्मी खतिवडा, सिद्ध देबि मा बि फालेलुङ ७ सिदिनका प्रधानाध्यापक सुरेन शिशिर केरुङ लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।
सरस्वती मा बि मच्छेबुङका शिक्षक लेकेन्द्र केरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । शनिबार सकिने उक्त प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *