तिम्बु र लामपोखरीलाई ब्यवस्थित बनाउँदै पर्यटकहरु भित्रयाउँदैछौँ—योङहाङ

Breaking News अन्तर्वार्ता समाचार

पाँचथरको याङवरक गाउँपालिका उपप्रमुख तथा न्यायिक समिती संयोजक कमला योङहाङ लाई पत्रकार जितेन्द्र भण्डारीले पालिकाको न्यायिक समिती तथा अन्य विविध विषयमा गरेको संवाद यस्तो छ ।
१.अढाई वर्षको अन्तरालमा न्यायिक समितीमा के कस्ता मुद्धाहरु आईरहेका छन् ?
नेपालको संविधानले हामीलाई दुई वटा न्याय निरुपण गर्ने अधिकार दिएको छ एउटा मेलमिलापको माध्यमबाट र अर्को न्यायिक समितीको माध्यमबाट,जसअन्र्तगत हामीले घरेलु हिंसा,लेनदेन,साँधसिमाना,न्यायिक समितीले निर्धारण गरेका विषयहरुमा हामीले न्याय निरुपण गर्दे आएका छौँ, अहिले सम्म यस्ता प्रकृतिका २१ वटा मुद्धाहरुको न्याय निरुपण गरिसकेका छौँ, पहिल्यै वडामा मेलमिलापकर्ता नहुन्जेलसम्म चाहिँ हामीले वडामै न्याय निरुपण गरेको अवस्था थियो,अहिले वडा स्तरमै ब्यवस्थित गरेर त्यहीँ मेलमिलाप गर्ने वातावरण सिर्जना भएको छ, र यसलाई हामीले स्वतन्त्र बनाउनको निम्ति उनीहलाई क्षमता अभिवृद्धिको कार्यक्रम ल्याउने,सचेतनाको कार्यक्रम देखि लिएर समयसमयमा अनुगमन गर्ने,न्याय निरुपण कसरी भइरहेको छ सुपरिवेक्षण गर्ने काम भइरहेको छ, भरसक न्यायिक समितीलाई दिएको क्षेत्राधिकारको मुद्धाहरु पालिका भित्रै मिलाउने प्रयासमा छौँ ।
२.यहाँहरुले न्याय सम्पादन गरिरहँदा भोग्नुपरेका चुनौती,समस्याहरु के छन् त ?
पक्कै पनि चुनौती र समस्याहरु त छन्, अहिले इजलाश छैन्,वडा स्तरमा मेलमिलाप समिती चाहिँ गठन गरेका छौ,उजुरी प्रशासकको ब्यवस्था गर्न सकेका छैनौँ,कर्मचारीले पूर्ण समय यसका लागि दिन सक्दैनन्, यी विविध समस्या र चुनौतीहरु हुँदाहुँदै पनि हामीले समितीमा आएका मुद्धाहरुलाई चुस्त दुरुस्त ढंगबाट न्याय सम्पादन भने गरिरहेका छौँ ।
३.के भईदिएँ न्याय सम्पादन छिटो छरितो र चुस्तदुरुस्त गर्न सकिन्छ ?
विशेष गरी जिल्ला अदालतको निरन्तर निगरानी,मनिटरिङ आवश्यक छ, यस्तै महिला तथा बालवालिका मन्त्रालयले पनि हिंसा पिडित महिलाहरुको निम्ति सहयोग गरिदिएँ धेरै राम्रो हुने थियो,अहिले पनि हिंसा पिडित महिलाहरुलाई हामीले न्याय नपाउन्जेल सम्म अल्पकालिन समय सम्म त राख्दै आएका छौँ, तर दीर्घकालिन समय सम्म यानिकी उसको खाने वस्ने,वन्दो वस्त नहुन्जेल सम्मका लागि पनि राख्ने गरीको ब्यवस्था मिलाउन खोजिरहेका छौँ,त्यसका लागि पालिका बाहेक अन्य सरोकारवाला पक्षले पनि सहयोग गरिदिएँ धेरै आभारी हुनेथियौँ ।
४.पालिकाले बनाएको आवद्यिक योजनाको काम कसरी अघि वढिरहेको छ त ?
गत आर्थिक वर्ष ०७५÷०७६ लाई लक्षित गरेर धेरै वटा चरणहरु पार गर्दे पाँचथरकै स्थानिय तहमध्ये पहिलो आवद्यिक योजना बनाउका छौ । जसका कारण सवै क्षेत्रहरु समेटिएका छन् । त्यसमध्ये पनि समावेशी क्षेत्रमा अझ वढि बजेट विनियोजन गरेका छौँ । आवद्यिक योजनाको मूल मर्म र भावना अनुरुप नै पालिकालाई समृद्ध र विकशित वढाउन लागिरहेका छौँ ।
५.अढाई वर्षको दौरानमा यहाँले गरेका महत्पूर्ण कार्यहरु के के हुन त ?
हामी सुरुवातमा के गर्ने कसो गर्ने भनेर अलमलमा थियौ,तर त्यस्तो अवस्थामा हामीले पालिकालाई अघि वढाउन आवद्यिक योजना अघि वढायौँ,पालिकाई ब्यक्तिगत अनलाईन घटना जिल्लामै पहिलोपल्ट अघि वढाउन सफल भयौँ, यस्तै महत्पूर्ण कार्य विद्यालयको सुधार योजना अघि वढाएका छौँ, जसले गर्दा हप्तौ दिन सम्म पढाउनै नगएका शिक्षकहरुलाई प्रेरिरत गरेर नियमित शिक्षण गर्न सक्ने गरी अघि वढाएका छौँ । पालिकाको भवन छैन् त्यसका लागि टेन्डर प्रक्रिया अघि वढाईसकेका छौँ, अबको दुई वर्ष भित्र सवै वडा कार्यालयको भवन तथा पालिकाको भवन निर्माण गरिसक्ने छौँ । पालिका भित्र पर्ने तिम्बुपोखरी,लामपोखरीलाई ब्यवस्थित गरेर आन्तिरक तथा बाह्य पर्यटकहरु भित्रयाउने तयारीमा पनि छौँ ।
६ अढाई वर्षको दौरानमा यस पालिकालाई कस्तो बनाउने सोच छ ?
जनताको इन्छा,चाहाना र आकांक्षा त सवै पूरा गर्न नसकौँला तर पनि धेरै इच्छा,चाहानाहरु पूरा गरेका छौ,गर्देछौ, गर्ने क्रममा छौ,यसर्थ धेरै कामहरु गर्न नसकेपनि पालिकालाई समृद्ध र विकशित बनाउन हामी लाग्ने छौँ,यसका लागि आम याङवरबासी दाजुभाई तथा दिदीबहिनीहरु यस पालिकाका सम्पूर्ण राजनितीक दल,संघ संस्था,नागरिकर्मी सवै एक भएर लाग्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *