झापाको वीएण्डसी अस्पताल सरकारलाइ सुम्पने

Breaking News समाचार

शुक्रबार, चैत्र १४,
झापा। सिंगो देश संकटमा परेको बेला झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पताल सरकारलाई दिने घोषणा गरेको छ । विश्वव्यापी रुपमा कोरोना ९कोभिड–१९० भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका हुन ।

‘हामीसँग एक सय वटा आईसीयू, २५ वटा भ्याडिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी छन्’, प्रसाईं भन्छन , ‘सरकारले ३६ जना डाक्टर माग्दा कोही जान मानेनन् । हाम्रा डाक्टर काम गर्न तयार छन् तर, आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्छ ।

उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताएका छन् । उनले सरकारको स्वास्थ्यमन्त्री समक्ष  कुरा राखेको तर अहिले सम्म जवाफ नआउदा अन्योलमा परेको बताएका छन । यो आपतको घडिमा हामीले प्राईभेट तवर बाट कोरोना टेष्ट सम्वन्धि उपकरण ल्याउन नपाउने हुदा देश प्रति केहि गर्न नसकेको वताए । copy saptakoshionline

Leave a Reply

Your email address will not be published. Required fields are marked *