पत्रकार लक्ष्मी गौतमको खुल्लापत्र

Breaking News विचार/ब्लग

लक्ष्मी गौतम
प्रिय सहकर्मीहरु । हामी पत्रकारहरु यतिखेर सेल्फ क्वारेन्टाइनमा छौं ।
कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि सरकारले गरेको लक डाउनका अवधिमा पनि आफ्नै स्रोत साधनको परिचालन गर्दै समाचार संकलन र सम्प्रेषण गर्नु नै छ । एकातिर हामी आफैंश्रमजीवी भएकाले काम नगरी झन हुँदै हुँदैन । यो बेला हाम्रो कार्यस्थल काम गर्ने शैलि थोरै बदलिएको छ तर दिनचर्या खासै बदलिए जस्तो लाग्दैन । कार्यालय जानेहरु रुटिन अनुसार कार्यालय गएर त कार्यालय नजानेहरु घरैमा बसेर पनि समाचार र सञ्चार माध्यमका लागि सामग्री उत्पादन गर्नु छ । अझ श्रव्य दृश्य माध्यममा काम गर्ने सञ्चारकर्मीहरु फिल्ड र स्टुडियोमै खटिरहेका छौं । यो हाम्रोे रहर नभएर बाद्यता अनि जिम्वेवारी र कर्तव्य पनि हो ।
यद्धपी लकडाउन शुरु भएपछि हामी पत्रकार,पत्रकारहरुका पेशागत संघठन देखि छाता सस्थाका अगुवाहरु मुलुकको खास समस्या भन्दा पनि निश्चित विषयमा एक अर्काविच आलोचना गर्ने,दलगत स्वार्थले ओतप्रोत भएर विचार पर्वाह गर्ने, तीनै तहका सरकाले गरेका कामको कि धेरै खुलेर प्रशंसा कि त आफ्नो पेशागत र पदीय मर्यादा भन्दा तल झरेर आलोचना तथा नकरात्मक टिप्पणी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत आफ्नो असली रुप समाजलाई देखाउने काममा उद्धत भइरहेका छौं कि ? भन्ने मलाइ महशुष भएर यो पत्र तयार लेख्दैछु ।
मलाई पत्र लेख्न निम्न घट्नाले प्रेरित गरेका हुन । एकसाता अघि काठमाण्डौ प्रेस मार्फत सार्वजनिक भएको समाचार सामग्री डिलिट भएको वा गर्न लगाइएको प्रसंगमा पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रकाशित गरेको विज्ञप्तीका विषयमा पेशागत संघठनका तपाई नेतृत्व वर्गले जुन शैलीमा जुहारी खेल्नु भो नि । त्यस घट्नालाई मात्रै हेर्ने हो भने पनि हामी संघठन पदाधिकारीहरु आ आफ्ना गुटलाई बलियो सावित कतिपसम्म लागि परेका छौं भन्ने विषय पुष्टि गर्छ । यद्धपी ती गुटहरु गिरोहमा परिणत भइसकेका छन । तिनले हामी कसैको भलो गर्दैन भन्ने कुराको हेक्का हामीले राखेका छैनौ ।
प्रेस विज्ञप्तीमा के लेखिएको थियो वा त्यो कस्ले प्रकाशित ग¥र्यो अनि कस्ले गर्न लगायो भन्ने विषय आन्तरिक संघठन वा नेपाल पत्रकार महासंघको बन्द कोठामा हुने छलफलको विषय हो जस्तो मलाइ लाग्छ । यदि विज्ञप्ती नै आएको थिएन भने महासंघ चुँ बोलेन भनेर आक्षेप डुक्रिने पनि हामीहरु नै हौं ।
पेशागत संघठनमा आवद्ध नेता पत्रकारहरुको यो रोग र यस्तै खालको झोक केवल प्रेस संघठन मात्रै होइन सबै संघठनहरुमा देखिन्छ । केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म आइपुग्दा प्रत्येक पत्रकारहरुको स्वार्थ बाझेको पाइन्छ । ती स्वार्थ अव गुट हुँदै गिरोहमा परिणत भइसकेका त छैनन ?
अर्को सन्दर्भ ः हामी कोहि जनप्रतिनिधि,कर्मचारी र शक्तिमा रहेका पदाधिकारी र सत्तामा रहेका दल निकट नेताहरु निकट भएर उनीहरुको जयजयकार गर्दै भक्ति भजन गाउदै उनीहरुकै अगाडी पछाडी डुलिरहेका छौं । कोहि उनीहरुले गरेका गतिविधिलाई नियालेर उनीहरुलेजे गरिरहेका छन ती कुरालाई समाचार सामग्री बनाएर प्रश्तुत गरिरहेका छौं त कोहि यो गरे नि बेठिक त्यो गरे नि बेठिक भनेर कटु आलोचना मात्रै गरिरहेका छौं । कोहि हाम्राले गरेको सबै राम्रो राम्राले राम्रो गरे पनि नराम्रो त कोहि राम्राले गरेको राम्रो पनि नराम्रो अनि हाम्राले गरेको चाँहि आची पनि राम्रो भनेर भक्तिभाव दर्शाउदैछौं । आखिर किन भइरहेछ यस्तो ? पत्रकारलाई कसैले तेस्रो आँखा,कसैले वाच डक त कसैले चौथो र कसैले चुथ्थो अंग भन्ने गरेका छन कि यहि भएर हो हामी पत्रकार खण्ड खण्ड र झुण्ड झुण्डमा बिभक्त भएको ? तर समाजले परिभाषित गर्ने माथिका मध्ये कुन चाँहि वर्गको पत्रकार ? भनेर हामी सवैले सोच्नु बेला यहि हो जस्तो मलाई लागेको छ ।
पछिल्ला दिनहरुमा स्वास्थ सामग्री खरिद र ठेक्का रद्धको प्रसंग होस वा सेनालाई सामग्री खरिदको अख्तियारी दिने प्रसंग नै किन नहोस । हामीले दिइरहेका समाचारमा दलीय गोत्रको गन्ध प्रश्ट रुपमा आइरहेका छन ।
यो बेला कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणको पुर्व तयारीमा मुलुक जुटिरहेको छ । २ साता लामो लक डाउनले श्रमजीवी र मजदुर बर्गको हातमुख जोर्ने मेसो टुटिसक्यो । समस्यामा जुध्नेहरु जुधिरहेका छन । राहत र सहयोग संकलन गर्नेहरुले गरिरहेका छन । अनि वितरण गर्नेहरु पनि गाँउ टोलमा कुदिरहेकै देखिन्छन ।
पछिल्ला दिनहरुमा स्थानीय सरकारमा रहेका जन प्रतिनिधि मध्ये कोहि गाँउको तरकारी भेला गरेर बजारमा त कोहि बजारबाट खाद्य सामग्री लगेर गाँउमा वितरण गरिरहेका छन । यद्धपी खास ठाँउहरुमा उनीहरु पुग्न नसकेको भने साँचो हो । एकजना जनप्रतिनिधि बजारमा साग बाँड्दै हिड्छन,कसैले तस्वीर खिचेर समाजिक सञ्जालमा पोष्ट गर्छ, हामी तरकारी वितरणका नाममा भीड जम्मा ग¥र्यो सस्तो लोकप्रियताका भन्छौं । कसैले किटनाषक औषधी छर्कियो वाइयात नाटक भन्छौं, कसैले गाँउमा लगेर चामल बाँड्यो कोहि हाइ गर्छौ त कोहि अर्को चुनाबलागी जनमत निर्माण गर्न लाग्यो भन्छौं । एकातिर राहतका नाममा भीडभाड गर्नुहुँदैन सोसल डिस्टेन्स कायम गर्नुपर्छ भनेर हामी नै कराइ रहेका छौं फेरी कसैले फरक ढंगबाट केहि सामग्री वितरण ग¥र्यो नाटक भन्दै आलोचना गर्छौ ।
अन्त्यमा म सानो छँदा आमाले एउटा कथा सुनाउनु भएको कथांश राख्दै मेरो कलम बन्द गर्दैछु । ‘भर्खर बिहे गरेर डेरामा श्रीमतीसँग बस्दै आएको नव दुलाहाले एक क्यारेट अण्डा ल्याएर भोलीदेखि विहान यसैको नाष्ता बनाउ है भनेर अ¥हाएछ । भोली विहान श्रीमान बाहिर निष्कने बेलामा नव दुलहि दुइकप चिया र बोइल गरेका दुइवटा अण्डा तयार गरेर श्रीमानलाई नाष्ताका लागि बोलाइछिन बोइल अण्डा देख्नासाथ श्रीमानको मुखबाट हैट यो फ्राइ गर्ने अण्डा बोइल गरेर खत्तम गरिछ््यौ भन्ने जवाफ दिन्छन ।
अर्को दिन बुढोलाई फ्राइ अण्डा मन पर्दो रहेछ भनेर त्यहि अनुसार तयार गरेर भान्छामा बोलाउछिन । अव भान्छामा आएका श्रीमान खुशी होलान कि भनेर मुख हेरिरहेका बखत बेवखुप यो बोइल गर्नुपर्ने अण्डा फेरी किन फ्राई गरेका भनेर कड्किएछन । तेस्रो दिन आज चाँहि जसरी नि खुशी पारेरै छोड्छु एउटा अण्डा फ्राइ अनि अर्को अण्डा बोइल गरेर बोलाँउछु जुन मन पर्छ त्यहि खान्छन म फ्राई वा वोइल जुनभएपनि लिउला भन्ठान्दै त्यहि अनुसार तयार गरेर नाष्ताका लागि निमन्त्रण गर्छिन । आज त बुढोले खुशी भएर खालान भनी मख्ख परेकी श्रीमतीलाई तिमी किन सधैं उल्टो मात्रै काम ग¥छ्यौ हँ ? यो बोइल गर्ने अण्डा फ्राइ ग¥र्या छ अनि फ्राइ गर्ने अण्डा चाँहि बोइल ग¥र्या छ । भनेर उल्टै हपारेछन विचरी श्रीमती हे¥र्या हे¥र्यै ।’
कतै यस्तै त भइरहेको छैन हाम्रो पत्रकारिता ? यो वेला पनि तथ्यगत समाचार प्रकाशन प्रशारण नगरे कहिले गर्ने ? एकपटक सबैले सोच्ने हो कि ???

सम्पर्क सुत्र
लक्ष्मी गौतम
कार्यक्षेत्र फिदिम पाँचथर
आवद्धता कान्तिपुर टेलिभिजन
तथा नेपाल पत्रकार महासंघ पाँचथरका पुर्व अध्यक्ष
मोवाइल ९८४२७७६६२४
९७५२६०७२११
इमेल ः–laxmi.gautam80@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *