तुम्बेवा गाउँपालिकाद्धारा राहात कोषमा सहयोग गर्नुहुने दाताको विवरण सार्वजनिक

Breaking News अर्थ समाचार

पाँचथर,वैशाख ११,
पाँचथरको तुम्बेवा गाउँपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषको रकम सहयोग गर्नुहुने कार्यालय तथा संघसंस्थाहरुको विवरण सार्वजनिक गरेको छ ।
जसअनुरुप अहिले सम्म पालिकामा २८ लाख २९ हजार २ सय ८ रुपैया रकम खातामा संकलन भएको गाउँपालिकाले सार्वजनिक गरेको संकलित विवरणमा उल्लेख छ ।
राहात संकलनमा सहयोग पुरयाउनुहुने सम्पूर्ण संघ संस्था ब्यक्तिहरुलाई पालिकाका अध्यक्ष होमनाथ थापाले धन्यवाद प्रकट गर्नुभएको छ ।
यस्तै वढ्दै गएको सङक्रमण र लम्बिदै गएको लक डाउनको कारण परिस्थिति थप जटिल बन्दै गएकोले,संघ संस्था,उद्योगी,ब्यवसायी,लगायत दाताहरुलाई थप आर्थिक सहयोगका लागि पालिकाले आग्रह समेत गरेको छ ।
कोषमा रकमान्तर गरिएको रकम २० लाख रुपैया, पालिकाका निर्वाचित जनप्रतिनिधीहरु बाट सेवा सुविधा बापत्तको रकम २ लाख १६ हजार रुपैया,पालिकाका कर्मचारीहरु बाट अधिकृत स्तरको ५ दिनको र अधिकृतस्तर मुनिका कर्मचारीको ३ दिनको तलब बाट ६२ हजार दुई सय आठरुपैया रकम,उद्योग वाणिज्य संघ पाँचथर बाट ५१ हजार रुपैया,आन्तारिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ बाट ५ लाख रुपैया कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।
लकडाउनका कारण प्रभावित लक्षित परिवारलाई राहात प्रदान गर्ने उद्धेश्य अनुरुप स्थानिय तह प्रकोप ब्यवस्थापन कोषमा स्थापना गरिएको पालिकाका उपाध्यक्ष धनप्रसाद साँवाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *