सेवा निवृत शिक्षक न्यौपानेले थाले ब्यवसायिक बाख्रा पालन गर्न

Breaking News समाचार

पाँचथर,वैशाख ३०,
पाँचथरको सदरमुकाम फिदिम बाट करिब ५ किलोमिटर टाढा,घनाजंगलको विच,सडक बाट करिव २० मिनेटको पैदल दूरीको यात्रा तय गरेपछि खेम प्रसाद न्यौपानेको बाख्रा फार्म पुगिन्छ ।
जहाँ जस्तापाता,काठ,ढुंगा र माटो प्रयोग गरी बनाइएको चिटिक परेको घर,छेउमा ग्वाली,ग्वाली भित्र डल्ली गाई, जस्तापाता बाट बनाइएको छाना,काठकै पिलर र बाराबेरी बनाइएको ब्यवस्थ्ति बाख्रा फार्म । शारीरिक रुपमा अपांग,पेशाले २ दशक शिक्षण गरी सेवानिवृत भएपछि अहिले खेम प्रसाद न्यौपाने ब्यवसायिक बाख्रा पालन तर्फ लाग्नुभएको छ । उमेरले ६० कट्नुभएको छ, अहिले आफना छोराछोरी,तथा भावी पुस्ता,बेरोजगार यूवा र विदेश बाट फर्किएका यूवाहरुले पनि सिकुन् भनेर चरनको राम्रो संभावना भएको यस स्थानलाई रोजेर बाख्रापालन तर्फ लागेको उहाँ बताउनुहुन्छ ।


अहिले उहाँको बाखा्र फार्मममा माऊ बाख्रा,खसी बोका,पाठापाठी गरी ४० वटा रहेका छन् । अझै २० वटा माऊ बाख्रा थप्ने र फर्म विभिन्न स्थानमा दर्ता गर्ने उहाँको चाहाना रहेको छ । हामी जस्ता ब्यवसायिक रुपमा बाख्रा पालन गर्ने कृषकलाई राज्यको पनि आँखा पुगोस भनेर भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ,“शिक्षण पेशा बाट सेवानिवृत भएपछि त्यतिकै बस्न मन मानेन् त्यहीँ भएर गाउँका यूवाहरुले पनि सिकुन् भनेर ब्यवसायिक बाखा्र पालन तर्फ लागेको हुँ ।”


उहाँका तिन भाई छोरा छन्, ती मध्ये दुई जना छोरा र श्रीमतीले अहिले न्यौपानेलाई सहयोग गरिरहनुभएको छ । सेवानिवृत भएपछि समय कटाउन नै उहाँलाई मुस्किल पर्ने भएकोले श्रीमानले बाख्रा फार्म खोलेको र आफूले पनि सहयोग गरिरहेको श्रीमती शिवमाँया न्यौपाने बताउनुहुन्छ ।
उहाँका माईला छोरा देवेन्द्र विदेश पनि पुगेर आईसक्नुभएको छ । विदेशमा बगाउने पसिना यहीँ बगाउन सके विदेशको जति रकम कमाउन सकिने उहाँ बताउनुहुन्छ । बुवा लाई कान्छो छोराले पनि साथ र सहयोग दिइरहनुभएको छ,बुवाले गाउँकै निम्ति उदाहरणिय कार्य गरेको हुँदा आफूले पनि सकेसम्मको सहयोग गर्ने बताउनुभयो ।


खेम सरले गरेको कार्य उदाहरिणय भएको र हामी यूवाहरुलाई समेत उहाँले बाटो देखाएको छिमेकीहरु समेत बताउने गर्दछन् । छिमेकी रविन न्यौपाने भन्नुहुन्छ,“हामीलाई समेत उहाँले प्रेरणा दिनुभएको छ, उहाँको काम गराई बाट हामीले समेत ब्यवसायिक पशुपालन गर्ने सोच बनाउँदैछौँ ।” न्यौपानेले अहिले सम्म बाखा्रफार्म निर्माण गर्न ५ लाख रुपैया खर्च गरिसक्नुभएको छ । अब एक वर्षभित्रमा लगानी उठाईसक्ने उहाँको सोच छ ।


उहाँले गरेको कार्य साच्चिकै उदाहरिण छ ,कोरोना भाईरस संक्रमणलाई रोक्न लगाइएको लकडाउनको कारण विश्वकै अर्थतन्त्र धराशयी बनिरहँदा र सरकारले समेत अव कृषि र पशुपालन तर्फ जोड दिन लागिरहँदा यूवाहरुको निम्ति खेम सर प्रेरणाको श्रोत बन्नुभएको छ । गर्ने मानिसलाई न त उमेरले न त शारीरिक अपांगताले नै छेक्दो रहेछ,खेम सर गाउँमा रहेका बेरोजगार र विदेश बाट फर्किएका यूवा,सेवानिवृत गरी बसिरहेका कर्मचारी,र पशुपालन तर्फ इच्छुक ब्यक्तिको निम्ति गतिलो उदाहरण बन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *