चारोको समस्या,कुखुराले कुखुरा खाँदै, ३ करोड वढिको कुखुरा जाम्मा

Breaking News अर्थ समाचार

पाँचथर,जेठ ५,
लकडाउनको कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफर्म डिलरहरु समस्यामा परेका छन् । लकडाउनको समयमा मात्रै ३ करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर ती कुुखुरालाई दिने दानाको समेत अभाव हुँदा कृषकहरु र ब्यवसायीहरु मर्कोमा परेका हुन् ।
फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटारका कृष्ण मुरारी ओझाले लकडाउनको समयमा बोइलर कुखुराको चल्ला लगाउनुभयो, उहाँले लगाएको चल्ला आज सम्म ७५ दिनको भइसक्यो,फ्रेस हाउस नखोलिनु, मासुको खपत नभएपछि अहिले उहाँको मात्रै १५ लाख रुपैया वढिको कुखुरा अव खपत हुनेमा शंकै छ । उहाँ भन्नुहुन्छ,“अब बेंक बाट लिएर रिणको किस्ता कसरी तिर्ने अवस्था यस्तो भयानक भयो,अब यस तर्फ राज्यको पनि ध्यान पुगोस ।”
यस्तै फिदिम ४ थाक्लेमा केशव खनालले लगाएको १ हजार १ सय कुुखरामा अहिले दानाको अभाव र समयमै कुखुरा नउठाईदिँदा अहिले कुुखराले कुखुरालाई नै ठुंगेर र चारो खान नपाएर ३ सय ५० वढि कुखुरा मरिसकेका छन् । दश लाख रुपैयाको कुखरा लगाइयो उहाँले भन्नुभयो,“अब बेंकबाट रिण लिएर कुखुरा लगाइयो तर अब त्यो पैसा कसरी तिर्ने कुनै उपाय छैन् यसका लागि सम्वन्धित निकायले हामीलाई पनि हेरिदिनुपर्यो ।”
उहाँ त प्रतिनिधी पात्र मात्रै हो,उहाँ जस्ता धेरै कृषकहरुले लगाएको कुखुरा अहिले जाममा परेको छ । चल्ला लगाएको ४५ दिनदेखि ५० दिनभित्रमा कुखुराको चल्ला उठाईसक्नुपर्ने हुन्छ, तर अहिले सय दिन कटेको कुखुरा पनि डिलर्सले उठान सकेको छैनन् । जसका कारण पाँचथरमा मात्रै ३ करोड वढिको कुखुरा अहिले खपत हुन नसकेको पोल्ट्रीहाउस संचालकहरु बताउँछन् ।
पाथीभरा पोल्ट्रिफर्मका संचालक कुमार खरेलले भन्नुभयो,“ चारो झापा बाट ल्याउनुपर्ने हो,नियमित रुपमा ल्याउन सकिएको छैन्,ल्याएको चारो सवै कुखुरापालक कृषकलाई पुरयाउन सकिएको छैन्, कुखुराको खपत छैन्,लकडाउनका कारण फ्रेस हाउसहरु बन्द छन्,पोल्ट्री संचालक,कुखुरापालक कृषकहरु मर्कोमा परेका छन् ।”
यसअघि दैनिक ५ सय वटा वढि कुखुरा सदरमुकाम फिदिममा मात्रै खपत हुने गरेको थियो तर अहिले ५ वटा सम्म कुुखरा विक्री हुने अवस्था नभएको फ्रेस हाउसहरु बताउँछन् । अव राज्यले क्षतिपूर्ति दिनुपर्ने तथा विना ब्याज रिण उपलब्ध गराउनुपर्ने कुखुरा पालक कृषकहरुको माग छ ।
कुखुरापालक कृषकहरु अहिले दोहोरो मारमा परेका छन्,एकातिर डेण महिनामा उठाउनुपर्ने कुखुरा ३ महिनामा पनि डिलरले कुखुरा उठाउन सकेको छैन् भने अर्कोतिर कुखुराको वजन निरन्तर घट्ने भएको हुँदा कृषकहरु दोहोरो मर्कोमा परेका हुन् ।
अव यी कुखुराको मासुको खपत भइसक्न लकडाउन खुलेर सहज परिस्थिति भयो भनेपनि झण्डै दुई महिना लाग्ने पोल्ट्रीफर्म डिलर्सहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *