ब्याडमिन्टन हलको उद्घाटन

Breaking News समाचार

पाँचथर,असोज ११,
भौतिक पूर्वाधार यातायात तथा शहरी विकाशमन्त्री वशन्त कुमार नेम्बाङले खेलुकुद क्षेत्रको विकाशको निम्ति राज्य लागि परेको बताउनुभएको छ । खेलाडीहरुलाई लक्षित गरी पाँचथरको फिदिममा निर्माण गरिएको ब्याडमिन्टन हलको उद्घाटन गर्दे मन्त्री नेम्बाङले राष्ट्रका लागि खेलकुद र सवैका लागि खेलकुदको नारालाई आत्मसात गर्दे राज्य अघि वढ्ने बताउनुभयो ।
उहाँले पाँचथरको फिदिममा अब चाँडै ११ साइजको रंगशाला निर्माण हुने र यसको निम्ति टेन्डर प्रक्रियाको सूचना समेत प्रकाशन भइसकेको जानकारी गराउनुभयो । लम्बाई ४४ मिटर र चौडाई २२ मिटर रहेको उक्त ब्याडमिन्टन हलको लागत १६ लाख रुपैया लागेको ब्याडमिन्टन संघका मंगल बेघाले बताउनुभयो ।
प्रदेश क का सांसद गणेश काम्बाङको ८ लाख रुपैया,फिदिम नगरपालिकाको २ लाख रुपैया र अन्य खेलप्रेमी ब्यक्तिहरुको १ लाख ५० हजार अहिले पनि १ लाख ५० हजार रुपैया रिण रहेको सहयोग गर्नुभएको छ ।
संघका अध्यक्ष रामविर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका पूर्व कोषाध्यक्ष केदारनाथ बास्कोटा, राप्रपा पाँचथर अध्यक्ष जगत थापा,फिदिम माविका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष विरेन्द्र नेम्बाङ,फिदिम १ का वडा अध्यक्ष गजाधार भट्टराई,अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष तथा संघका सदस्य नरेन्द्र अधिकारी लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *