पाँचथरमा सम्वन्ध विच्छेद र जवरजस्ती करणीको घटनामा वढ्त्तोरी

Breaking News समाचार

पाँचथर,असोज २४,
पछिल्लो समय जिल्लामा सम्वन्ध विच्छेद र जवरजस्ती करणीको घट्नामा दिनानुदिन वढ्तोत्तरी हुँदै गएको पाइएको छ । आर्थिक वर्ष ०७६÷०७७ देखि सरेर आएको सँगै आ.व. ०७७÷०७८ को असोज २० गते सम्ममा १ सय १२ वटा सम्वन्ध विच्छेदको मुद्धा दर्ता भएका छन् ।
जसमा ४६ वटा मुद्धा फछ्र्योट भएका छन् भने ६६ वटा बाँकी रहेको जिल्ला अदालत पाँचथरले जनाएको छ । अहिले सम्म ४१.०७ प्रतिशत मुद्धा फछ्र्योट भएको पाइएको छ । यसैगरी जवरजस्ती करणीका ३२ वटा घटना दर्ता भएकोमा ६ वटा मुद्धा फछ्र्योट भएको छ भने २६ वटा मुद्धा बाँकी रहेका छन् ।
जसमा १८.७५ प्रतिशत मुद्धा फछ्यौट भएको पाइएको छ । जिल्ला न्यायधिश मोहनराज भट्टराईले पछिल्लो समय सम्वन्ध विच्छेद,जवरजस्ती करणी,प्रतिवादी वालवालिका र पिडित बालवालिकाको मुद्धाहरुमा समेत वढ्तोरी भएको बताउनुभयो ।
वैदेशिक रोजगारी,उमेर पुगेर विवाह नहुन,सामाजिक संजालको दुरुपयोग जस्ता विविध कारणले गर्दा सम्वन्ध विच्छेदको घटना वढेको हुन सक्ने उहाँले बताउनुभयो ।
यस्तै गत ०७७ असोज २० गते सम्म ९० लाख ४५ हजार १ सय २० रुपैया जरिवाना रहेकोमा अहिले सम्म ४ लाख १६ हजार ८ सय रुपैया जरिवाना रकम फछ्र्यौट भएको पाइएको छ । जसको पछ्र्यौट प्रतिशत ४.६१ प्रतिशत रहेको छ ।
अब ८६ लाख २८ हजार ३ सय २० रुपैया रकम जरिवाना असुल गर्न बाँकी देखिएको छ । यसैगरी अहिले सम्म ६ सय ९६ वर्ष २ महिना १८ दिन कैद असुल गर्न देखिएकोमा ३८ वर्ष ३ महिना १४ दिन(५.४९प्रतिशत) फछ्र्यौट भईसकेको छ भने ६ सय ५७ वर्ष ११ महिना ४ दिन कैद असुल गर्न बाँकी देखिएको छ । यसैगरी अहिले सम्म कार्यालयमा ७८ वटा निवेदन दर्ता भएकोमा ७ वटा(प्रतिशत८.९७) फछ्यौट भइसकेको छ भने ७१ वटा बाँकी रहेको छ । यसैगरी ब्यक्तिवादी देवानी १ सय ९८ वटा दर्ता भएमा अहिले सम्म ७३ वटा फ्छर्यौट र १ सय २५ वटा बाँकी रहेको छ । ब्यक्तिवादी फौजदारी ३२ वटा मुद्धा रहेकोमा अहिले सम्म ८ वटा फ्छ्र्यौट भइसकेको छ भने २४ वटा बाँकी रहेको छ । सरकारवादी फौजदारी ९० वटा दर्ता भएकोमा २१ वटा फ्छर्यौट भइसकेको र अब ६९ वटा मुद्धा बाँकी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *