कुम्मायकमा अस्थायी कोभिड १९ अस्पताल संचालनमा

Breaking News समाचार

पाँचथर,असोज २४,
पाँचथरको कुम्मायक गाउँपालिकामा अस्थायी कोभिड १९ अस्पताल संचालनमा आएको छ ।
एक कार्यक्रमका वीच उक्त अस्पतालको प्रदेश १ सांसद आशारत्न जवेगुले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दे सांसद जवेगुले पालिकामा संचालनमा ल्याइएको उक्त कोभिड १९ अस्पतालले यस क्षेत्रका नागरिकहरुको निम्ति महत्पूर्ण कार्य गरेको बताउनुभयो ।


कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले कोरोना संक्रमितहरुलाई उपचारका निम्ति सहयोग पुरयाउने उद्धेश्यले यो कोरोना अस्पताल स्थापना गरिएको बताउनुभयो ।
पुरुषहरुको निम्ति ३ बेड र महिलाहरुको निम्ति २ वटा बेडको ब्यवस्था गरिएको र अस्पताल निर्माण गर्न १० लाख रुपैया रकम विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराईले बताउनुभयो ।


कोरोना संक्रमितहरु यस अस्पतालमा आएमा आइसोलेनशमा राखेर अक्सिडेन्टर बाट उनीहरुलाई उपचार गराउने कोभिड १९ अस्पताल प्रमुख केदार कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *