कुम्मायक गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

Breaking News समाचार

पाँचथर,असोज २४,
कुम्मायक गाउँपालिकाको आर्थिक वर्ष ०७६÷०७७ को सार्वजनिक सुनवाई,०७७÷०७८ को बजेट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पालिकाले गरेको उक्त कार्यक्रमको उद्घाटन प्रदेश १ सांसद आशारत्न जवेगुले गर्नुभएको थियो ।


सभालाई सम्वोधन गर्दे सुशासन,जवाफदेहिता र उत्तरदायित्व बहन गर्दे नागरिकलाई सूसूचित काम गरेको प्रति पालिकाको प्रशंशा गर्नुभयो ।
कार्यक्रममा वोल्दै पालिका अध्यक्ष जय बहादुर चेम्जोङले यस सार्वजनिक सुवनाई बाट नागरिकको सूचना पाउने,जान्ने अधिकारलाई स्थापित गर्दे पालिकाले गरेका गतिविधीलाई नागरिक समक्ष पुरयाइएको बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष सिता रिजाल आचार्यले पालिकाले गरेका गतिविधीको जानकारी गराउँदै सवै क्षेत्र बाट आएका सल्लाह सुझावलाई ग्रहण गर्दे पालिका अघि वढ्ने बताउनुभयो । पालिकाको आर्थिक वर्ष ०७६÷०७७ को आय ब्यय,तथा पालिकाले गरेका योजना तथा कार्यक्रमको विषयमा प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराईले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनितीक दल,संघ संस्था,वृद्धिजीवी,समाजसेवी,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
गत आर्थिक वर्ष ०७६÷०७७ मा ३३ करोड १९ लाख ६ हजार रुपैया रकम पालिकामा आएकोमा १ करोड ६१ लाख ८१ हजार ८ सय ९४ रुपैया रकम फिर्ता भएको थियो । बाँकी ८५.१९ प्रतिशत काम भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *