जनसेवा समाज पाँचथरको पहलमा अति बिपन्न परिवारलाई घर तथा शौचालय हस्तान्तरण

Breaking News समाचार

पाँचथर,असोज २८,
पाँचथरको फिदिम नगरपालिका ११ स्थित नागिनका एक बिपन्न परिवारलाई जनसेवा समाज पाँचथरको पहलमा घर निर्माण गरि हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा सक्रिय जनसेवा समाजले एक कार्यक्रमको आयोजना गरि घर हस्तान्तरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो ।
लामो समयबाट जिर्ण कटेरोमा जीवन गुजारा गदै आउनुभएकी ६८ वर्षीय लालमाया जेबेगु र उनका सहारा बिहिन ४ जना नाती–नातीनीको लागि २ तले कच्ची घर र शौचालय निर्माण गरि हस्तान्तरण गरिएको छ ।
छोरीको पहिलो बिबाहबाट २ जना र दोस्रो बिबाहबाट २ जना सन्तान भएपछि छोरी फेरि अर्को केटासँग बिवाह गएको आमा जवेगुले बताउनुभयो
आफु बृद्व भएको र यो उमेरमा ४ जना नाती–नातीनीको पालन पोषण गर्न निकै ग्राहो भएको हजुरआमा लालमाँयाको भनाई रहेको छ ।
यी बिपन्न परिवारलाई जनसेवा समाजले घर निर्माण गरिदिन पूर्वपनि जिवीकोपार्जनको लागि बाख्राको पाठा र बालबालिकाको लागि शैक्षिक सामाग्री सहयोग गरेको समाजका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
तेस्रो पटकको सहयोगमा भने घर सँगै शौचालय निर्माण गरि हस्तान्तरण गरिएको छ । घर निर्माणको लागि फिदिम नगरपालिकाबाट जस्ता पाता उपलब्ध भएको बताइएको छ । त्यस्तै निर्माण स्थल सम्मको सम्पूर्ण ढुवानी खर्च साथै घर निर्माणको लागि भैरवी दल गण पाँचथरको गणपती सरोज रानाको टोलीले सहयोग गरेको बताइएको छ ।
घर निर्माणको व्यावस्थापन फिदिम १ निवासी स्वर्गिय लिलानाथ निरौलाको सम्झनामा उहाँका सन्तानले २५ हजार रकम उपलब्ध गराउनुभएको अध्यक्ष अधिकारीले बताउनुभयो । यस्तै काठ चिरानीमा फिदिम ११ का चिरणजीवी फुयालले १८ हजार बराबरको श्रमदान, साथै याङवरक गाउँपालिका निवासी टार्जन राईले सिकर्मीको रुपमा सहयोग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *