फालेलुङ गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरियो

Breaking News समाचार

पाँचथर,असोज २८,
पाँचथरको फालेलुङ गाउँपालिकाको प्रशासनीक भवन निर्माणको शिलान्यास गरिएको छ ।
भवन निर्माण स्थलमा आज आयोजित एक कार्यक्रमका वीच भवनको शिलान्यास गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद चौहानले बताउनुभयो ।
भवनको गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङ, उपाध्यक्ष हिमा अधिकारी,प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले भवनको संयुक्त शिलान्यस गर्नुभएको थियो ।


गत आर्थिक बर्षमा एक करोड ८६ लाख ३१ हजार लागत अनुमानमा ठेक्का खोलिएको थियो । कुल एक करोड १७ लाख २५ हजारमा कमल माइभगवती जेभीले पहिलो चरणको निर्माण जिम्मा लिएको छ ।
तीन चरणमा गरेर गाउँपालिकाको प्रशासनीक भवन बन्न लागेको छ । पहिलो चरणमा फण्डेशनको काम हुनेछ । भवन तीन तला रहने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चौहानले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *