पाँचथरको याङवरक गाउँपालिका पूर्ण प्रबिधिमैत्री बन्दै

Breaking News समाचार

पाँचथर,असोज २८,
पाँचथरको याङवरक गाउँपालिका पुर्ण प्रबिधिमैत्री बन्ने भएको छ । गाउँपालिकाबाट सेवाग्राहीका लागि प्रदान हुने सेवाहरु प्रबिधिको प्रयोगबाट गर्न थालिएपछि गाउँपालिकालाई पुर्णप्रबिधिमैत्रीको चरणमा लगिएको प्रमुख प्रशासकीय अधिकृत रोहीणी आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“समय क्रमसंगै प्रबिधिको बिकास गरेर सेवा प्रदान गर्ने उदेश्यले सबै सेवाहरुलाई सोही रुपमा बिकास गर्ने गाउँपालिकाको तयारी छ ।”
अहिले पालिकामा काम हस्तलिखित प्रणाली बाट हुन छोडेको उहाँले बताउनुभयो ।
गाउँपालिकाबाट हाल प्रदान भइरहेका सेवा मध्ये अधिकांस सेवा प्रबिधिको प्रयोगबाट हुन थालेका छन । पञ्जीकरण सहितका सेवामा अनलाइन रुपमै सेवा दिँदै आएको गाउँपालिकाले अन्य सेवा पनि सोही अनुसार गर्दै आएको छ ।
गाउँपालिकाबाट प्रदान हुने सेवालाई प्रबिधिमैत्री बनाउन आवश्यक सबैखाले सफ्टवेर तयार भइसकेको छ । तयार भएका सफ्टवेर मार्फत दैनिक कार्य सम्पादन भइरहेको गाउँपालिकाका कम्यूटर अपरेटर गणेश खतिवडाले जानकारी दिनुभयो ।
कम्प्यूटर अपरेटर खतिवडाका अनुसार तत्कालका लागि प्रबिधि मैत्री प्रणालीबाट प्रदान गरिँदै आएको सेवामा सामाजिक सुरक्षा, राजस्व संकलन,अपाङगता र जेष्ट नागरिक परिचयपत्र बितरण,ब्यक्तिगत घटना दर्ता लगायतका छन ।
बिद्यालय तहमा प्रबिधि बिस्तारको काम पुरा भएसंगै गाउँपालिकाबाट प्रदान हुने सबै सेवा प्रबिधिबाटै हुने छन । बिद्यालयका लागि सफ्टवेर निर्माणको काम भने भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *