पाँचथरको तिन वटा स्थानिय तहमा कोभिड अस्थायी अस्पताल सुचारु

Breaking News समाचार

पाँचथर,असोज ३०,
पाँचथरको हिलिहाङ र फालेलुङ,कुम्मायक गाँउपालिकामा कोभिड अस्थायी अस्पताल स्थापना गरिएको छ ।
जिल्लाको हिलिहाङ गाँउ पालिकामा असोज २७ र फालेलुङ गाँउ पालिकामा २९ गते र कुम्मायक गाउँपालिकामा असोज २३ गते देखि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।
हिलिहाङमा सञ्चालित अस्पतालमा १ जना एमबिबिएस डाक्टर सहित २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी नियुक्त भइसकेको गाँउपालिकाले जनाएको छ ।
उता फालेलुङमा एमविविएसका लागि दरखास्त नपरेपछि तत्कालका लागि २ जना स्टाफनर्स र एकजना कार्यालय सहयोगीलाई नियुक्ती दिई सञ्चालनमा ल्याइएको प्रमूख प्रशासकीय अधिकृत बिनोद चौहानले जानकारी दिनुभयो ।
फालेलुङमा एमबिबिएस पदका लागि पुनः दरखास्त आह्वान गरिने बताइएको छ । यस्तै कुम्मायकमा गत असोज २३ गते प्रदेश १ सांसद आशा जवेगुले अस्पतालको उद्घाटन गर्नुभएको थियो ।
संघीय सरकार मातहतको स्वास्थ्य मन्त्रालयबाट प्राप्त १० लाख रुपैंया सहित स्थानीय तहको लगानीमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।
तत्काल ३ महिनाका लागि स्वास्थ मन्त्रालयले कोभिड अस्थायी अस्पताल सञ्चालनार्थ देशभरका स्थानीय तहलाई १० लाखका दरले रकम उपलव्ध गराएको छ । फालेलुङको कोभिड अस्पताल प्राङवुङ स्थित इलाका स्वास्थ्य चौकी, हिलिहाङको गोपेटार स्थित प्राथमिक स्वास्थ केन्द्रमा र कुम्मायकको स्वास्थ्य चौकी यासोकमा सञ्चालनमा आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *