वाईवाई जिङ्ग खाँदा दावालाई स्कुटर उपहार

Breaking News समाचार

पाँचथर,असोज ४,
वाईवाई जिङ्ग तयारी चाउचाउमा उपभोक्ता उपहार मार्फत पाँचथरको फिदिम नगरपालिका ४ का एक ब्यक्तिले स्कुटर प्राप्त गरेका छन् ।
फिदिम बजारमा मंगलबार आयोजित एक कार्यक्रमका वीच प्राप्त भएको स्कुटर फिदिम नगरपालिका–४ का दावा क्षिरिङ शेर्पालाई उपहार स्कुटरको चावी हस्तान्तरण गरिएको हो । उनलाई वाईवाई जिङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार परेको हो ।
यमाहाको १ लाख ९४ हजार मूल्यको स्कुटर वाईवाई चाउचाउ खाँदा चिठ्ठा परेर मंगलबार हस्तान्तरण गरिएको वाईवाई चाउचाउका वितरक,उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले बताउनुभयो ।
नेपालका अनुसार हालसम्म चाउचाउ उपभोक्ता १५ जनाले उपहार कुपन प्राप्त गरिसकेका छन् ।
उपहार विजेता दावालाई एक कार्यक्रम गरी सिजी फुड्स, नुडल्स डिभिजन प्रदेश १ प्रमुख पुण्य प्रसाद लुईटेलले स्कुटरको चावी हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *