अक्सिजन सिलिन्डरको ब्यवस्था सहित पाँचथरमा अस्थायी कोभिड १९ अस्पताल संचालनमा

Breaking News समाचार

पाँचथर,वैशाख २४,
कोरोना संक्रमतिहरुलाई लक्षित गरेर पाँचथरमा अस्थायी कोभिड १९ अस्पताल संचालनमा आएको छ ।
शुक्रबार एक कार्यक्रमका जिल्ला समन्वय समिती पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटाले उद्घाटन गरेसँगै अस्पताल संचालनमा आएको हो ।
अक्सिनजन सिलिन्डर,मनिटर सहितको १० बेडको अस्पताल संचालनमा आएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिसटेन्ट सोम दंगालले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटाले सदरमुकाममा मात्रै नभएर जिल्लाका ८ वटै स्थानिय तहमा कोभिड अस्पताल संचालन गरिने बताउनुभयो ।
यस्तै फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङले नगरले कोरोना संक्रमितका विरामीहरुलाई अवका दिनमा पनि सक्दा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले सवै जना जिल्लावासी सतर्क भएर बस्न अनुरोध गर्दे जिल्लामा परिस्थिति हेरर निषेधाज्ञा गर्न सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *