नेपाल प्रेस यूनियन पाँचथरद्धारा भित्तेपात्रो विमोचन, शुभकामना,तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

Breaking News समाचार

पाँचथर,वैशाख २५,
नेपाल प्रेस यूनियन पाँचथरले शुभकामना तथा बधाई ज्ञापन भित्तेपात्रो विमोचन कोरोना संक्रमण विरुद्ध सरोकारवालाको भूमिका विषयक छलफल अन्र्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
सामाजिक सञ्जाल मार्फत सरोकारवालाहरुलाई जोड्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपाल प्रेस यूनियन पाँचथर शाखा अध्यक्ष जितेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेस केन्द्रिय सदस्य तथा अनुशासन समिती संयोजक भिष्मराज आङदेम्बेले नेपाल पत्रकार महासंघ जिल्ला पाँचथर,प्रदेश शाखाहरु तथा केन्द्रिय शाखाका निर्वाचित उम्मेद्धवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
यस्तै नव वर्ष ०७८ सालको पावन अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दे उहाँले मुलुक कोभिड भेरियन्टको विषमा परिस्थितिमा रहेको हुँदा यस्तो अवस्थामा सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको भन्दै सरकारले गरेको कार्यको खण्डन गर्नुभयो । उहाँले तिनै तहका सरकार नागरिकलाई कोभिड भेरियन्ट संक्रमण बाट बचाउन उद्धत भएर लाग्नुपर्ने बताउनुभयो । नेपाल प्रेस यूनियन जिल्ला शाखा पाँचथरले नयाँ वर्ष ०७८ को अवसरमा प्रकाशन गरेको क्यालेण्डरको पाटी केन्द्रिय सदस्य आङदेम्बेले विमोचन गर्नुभएको थियो ।
यस्तै नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले नव वर्ष ०७८ सालको शुभकामना सन्देश दिँदै नेपाल पत्रकार महासंघका निर्वाचित सवै उम्मेद्धवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुंगानाले नयाँ वर्ष ०७८ को शुभकामना ब्यक्त गर्दे निर्वाचित पत्रकार महासंघका जिल्ला,प्रदेश र केन्द्रिय कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
कोरोना बाट सुरक्षित भएर मात्रै समाचार लेख्न उहाँले पत्रकारहरुलाई आग्रह गर्दे अव प्रदेश सरकारको समन्वयमा सवै जिल्ला शाखाहरुमा आपत्तकालिन राहात कोष लगायतका कार्यक्रम ल्याईने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस जिल्ला उपसभापति मित्र प्रसाद काफ्ले,सचिवद्धय रुपनारायण जवेगु,वृजहाङ आङदेम्बे,सहसचिव बालकृष्ण ओझा,कोषाध्यक्ष जयकुमार ढकाल,नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष गिरीराज बास्कोटा,नेपाली काग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्द्रिय सदस्य विपेन्द्र गौतम,ट्रेड यूनियन काग्रेस पाँचथर अध्यक्ष एकराज भण्डारी,नेपाल प्रेस यूनियन पाँचथरका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथर पूर्व अध्यक्ष लक्ष्मी गौतमले निर्वाचित नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन सत्रमा वोल्दै नेपाल प्रेस यूनियन पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले नयाँ वर्ष ०७८ को शुभकाना ब्यक्त गर्दे निर्वाचित पत्रकार महासंघ जिल्ला प्रदेश र केन्द्रिय कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकाना ब्यक्त गर्नुभयो । नेपाल प्रेस यूनियनको निम्तोलाई स्वीकारेर उपस्थित सम्पूर्ण अतिथीहरुलाई उहाँले धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा पनि यूनियनले विविध गतिविधी गर्दे अघि वढ्ने बताउनुभयो ।
कोरोना संक्रमणको विषम परिस्थितिमा सवैजना संचारकर्मीहरु सुरक्षित भएर काम गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल प्रेस यूनियन जिल्ला सचिव तथा नेपाल पत्रकार महासंघ पाँचथरका कोषाध्यक्ष सरोश शर्माले संचालन गर्नुभएको कार्यक्रममा नेपाल प्रेस यूनियन शाखा पाँचथर उपाध्यक्ष,नेपाल पत्रकार महासंघ पाँचथर उपाध्यक्ष राधा लुईटेलले स्वागत मनतब्य ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *