पाँचथरमा एक हप्ताका लागि निषेधाज्ञा

Breaking News समाचार

पाँचथर,वैशाख २७,
कोरोना संक्रमितको संख्या दिनानुदिन वढ्न थालेपछि पाँचथरमा निषेधाज्ञा जारी भएको छ । आज मध्यराती १२ बजेदेखि आगामी जेठ ३ गते राती १२ बजे सम्म एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो ।
आईतबार प्रमूख जिल्ला अधिकारी पूण्यप्रसाद ढकालको अध्यक्षतामा वसेको जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिको बैठकमा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि समस्या जटिल बन्नसक्ने भन्दै निशेधाज्ञा लगाउन व्यवसायी र नागरिक सस्थाका प्रतिनिधिहरुले आवाज उठाएका थिए ।
आवागमन नियन्त्रण नगरे अवस्था जटिल बन्न सक्ने भएकाले अत्यावस्यक वस्तु र सवारीहरुको वर्गिकरण गर्दै निशेधाज्ञा जारी गर्न सुझाव आएपछि यस्तो निणर्य गरिएको प्रमूख जिल्ला अधिकारी ढकालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *