हिलिहाङ गापाद्धारा १ सय १४ घरपरिवारलाई राहात वितरण

Breaking News समाचार

पाँचथर,जेठ २७,
पाँचथरको हिलिहाङ गाउँपालिकाले पालिकाका विपन्न घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको छ ।
पालिकाको विभिन्न वडाहरुमा गरेर अहिले सम्ममा १ सय १४ घरपरिवारलाई राहात वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम लिम्बूले जानकारी दिनुभयो ।


उहाँका अनुसार वडा न. ५ मा ८५ घरपरिवार,वडा न. ७ मा ११ घरपरिवार,वडा न. ३ मा ६ घरपरिवार, वडा न. २ मा १२ घरपरिवारमा राहात स्वरुप खाद्यन्न वितरण गरिएको हो ।


निषेधाज्ञाका कारण मजदूरी गरेर खाने परिवारलाई वडा,टोल वस्तीहरुमा लगेर राहात वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेनले बताउनुभयो ।
यो अभियानलाई आवश्यकता अनुसार निरन्तर रुपमा अघि वढाइने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *