नेविसंघले फाल्यो,प्रधानमन्त्री ओलीको कुर्सी सडकमा

Breaking News समाचार

पाँचथर,जेठ ३१,
प्रधानमन्त्री केपी शर्मा ओली सरकार जनताको जिवनको भन्दा कुर्सिको मोहमा लिप्त भएको भन्दै सोमबार सडकमा सांकेतिक रुपमा कुर्सी फालेका छन् ।
नोवेल ने.वि.संघको संयोजनमा सिनामंगलमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी सडकमा फालेको बिद्यार्थी नेता तथा नेपाली काग्रेस महासमिती सदस्य राज भक्त योङया(मिधुङ)ले बताउनुभयो ।
प्रदर्शनमा योगेश जोशी,निर्दिप केशी, भुवन भट्ट,बिनोद शाही,कैलास रावत,युवराज तिमिल्सिना लगायत दर्जन बिधार्थी नेताहरु उपस्थित थिए ।
बर्तमान सरकार र सरकारका मन्त्रीहरु जनता, राष्ट्र प्रति पूर्ण गैरजिम्मेवार भएका कारण अबैध सरकारको कुर्सी सडकबाटै फाल्ने चेतावनी स्वरुपे सडकमा कुर्सी फालेको राजभक्त योङयाले बताउनुभयो ।
संघका नेताहरुलाई कुर्सी फाल्ने क्रममा प्रहरीले धरपकड गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *