फिदिम नगरद्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते मिनि ट्याक्टर वितरण

Breaking News समाचार

पाँचथर,जेठ ३१,
फिदिम नगरपालिकाले कृषकहरुलाई सोमबार नगरको ५० प्रतिशत अनुदानमा मिनिटिलर हाते ट्याक्टर वितरण गरेको छ ।
नगर परिषरमा उपस्थित कृषकहरुलाई फिदिम नगरपालिकाका उपमेयर उर्मिला प्रधानले कृषकहरुलाई मिनि टिलर प्रदान गर्नुभएको हो । प्रविधिको प्रयोग गर्दे कृषकहरुलाई कृषि खेती गर्न सहज होस् भन्ने उद्धेश्यले मिनिटिलर वितरण गरिएको नगरपालिकाका उपमेयर प्रधानले बताउनुभयो ।
वितरणमा संलग्न रहनुभएका फिदिम नगरपालिका २ का वडाध्यक्ष सुकपाल तुम्वापोले मिनिटिलर सही सदुपयोग गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा नगर आर्थिक विभागका संयोजक नारायण बजगाँइले आगामी योजनामा कृषी क्षेत्रमा नै प्राथमिकता दिने र आफूले बुझेका र प्रयोग गरिएका उपकरणहरु जतन गरी चलाउन किसानहरुलाई सुझाव दिनुभयो ।


किसानको ५० प्रतिशत र नगरको ५० प्रतिशत अनुदानमा किसानहरुले मिनि ट्याक्टर पाएका हुन् । मिनिटिलर प्रतिगोटा ५१ हजार पर्दछ ।
किसानले अनुदानमा २५ हजार ५ सयमा पाएका छन् । मिनि टिलर पाएका फिदिम नगरपालिका – २ का किसान सुरेन्द्र पौडेलले उक्त ट्याक्टर बुझ्दै आफू हर्षित भएको बताउनुभयो ।
नगरको १४ वटै वडामा पुग्ने गरी ९० थान मिनिटिलर नगरपालिकाको लगानीमा वितरण गरिएको छ । नगरपालिकाले १०२ थान मिनिटिलरलाई ५३ लाख ५९ हजार ६ सय रुपैयाँमा खरीद गरेको फिदिम नगरपालिका कृषि शाखाले जनाएको छ ।
किसानलाई गोरुको समस्या र श्रमको समस्यामा राहत मिल्ने नगरका कृषि शाखा प्रमुख याम बहादुर संग्रौलाको भनाई छ ।
आगामी नगरको बजेटबाट कृषिक्षेलाइ प्राथमिकता दिँदै कृर्षकलाई यान्त्रीककरणमा आत्मर्निभर बनाउने लक्ष्य रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *