बिएन्डसीको ओपीडी सेवा असारदेखि नियमित रुपमा हुने

समाचार

पाँचथर,जेठ ३१,
बिएन्डसी हस्पिटलले लामो समयदेखि बन्द रहेको ओपीडी सेवालाई असार १ गतेदेखि नियमितरुपमा खुला गर्ने भएको छ ।
कोभिड १९ लाई मध्यनजर आम नागरिकको जनजीवन सामान्य अवस्थातर्फ गइरहेकाले ओपीडी सेवा भोलि (असार १ गते) देखि नियमितरुपमा सुचारु गर्ने सोमबार विज्ञप्ति जारी गर्दै हस्पिटलले जनाएको हो ।
हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार विगतका अनुसार नै नियमितरुपमा ओपीडी सेवाअन्तर्गत सम्पूर्ण सेवाहरु सुचारु गर्ने भएको हो ।
जिल्लामा कोरोना संक्रमण दरमा कमी आइ निको हुनेको संख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञामा पनि खुकुलो पार्दै लैजाने रणनीति लिएका कारण पनि हस्पिटलले ओपीडी सेवा सञ्चालन गर्ने निर्णय लिएको उनको भनाइ छ ।
साभार न्यूज संजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *