सुआहारा परियोजनाद्धारा प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान

Breaking News समाचार

पाँचथर,जेठ ३१,
यूएनडीपी र यूएसएआईडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
यूएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर तथा यूएसएआईडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र केएन–९५ मास्क ३ सय थान प्राप्त भएको सुआहारा पाँचथरका कार्यक्रम संयोजक सुवास गौतमले जानकारी दिनुभयो ।
दुवै संस्थाले आइतबार सामाजिक विकासमन्त्री उषाकला राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउँदै सहयोग गर्ने संस्थालाई धन्यवाद प्रकट गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *