सु—आहारा पाँचथरद्धारा जिल्लाका सवै स्थानिय तहमा स्वास्थ्य सामाग्री हस्तान्तरण

Breaking News समाचार

पाँचथर,असार १,
सु—आहारा कार्यक्रम पाँचथरले कोभिड १९ प्रतिकार्यका लागि जिल्लाका सवै स्थानिय तहहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
जिल्लाभित्र रहेका स्वास्थ्य चौकीहरु एवं महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि २१ हजार ८ सय थान सर्जिकल मास्क, जिल्लाका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ३ सय ९४ बोत्तल हेण्ड सेनिटाईजर,जिल्ला भित्र रहेका स्वास्थ्य चौकीहरुका लागि ४२ बोत्तल हेन्डसेनिटाईजर वितरण गरिएको सुआहारा पाँचथरका कार्यक्रम संयोजक सुवास गौतमले जानकारी दिनुभयो ।


यस्तै ७ वटा गाउँपालिकाका लागि ५ वटाका दरले (३५ सेट), जिल्लास्तरमा स्वास्थ्य कार्यालयका लागि ३० सेट गरी ६५ पिपीई सेट, जिल्लाका सबै ४० वटा बर्थिङ सेन्टरहरुका लागि सम्बन्धित पालिकाहरुलाई कोभिड दोश्रो महामारी र निषेधाज्ञाअघि नै ७ हजार ६ सय फेस सिल्ड हस्तान्तरण गरिसकिएको उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *