मिक्लाजुङ २ का दक्षिण कोरियामा रहेका प्रवासी यूवाद्धारा स्वास्थ्य सामाग्री खरिदका लागि १ लाख ७० हजार रुपैया रकम वडालाई उपलब्ध

Breaking News समाचार

पाँचथर,असार ४,
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा न. १ र २ साविक सराङडाँडाका प्रवासमा रहेका यूवाहरुले अहिले कोभिड १९ प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री खरिद गर्न वडा कार्यालयहरुलाई सहयोग रकम पठाउन थालेका छन् ।
मिक्लाजुङ १ र २ वडा कार्यालयको आह्वानमा प्रवासमा रहेका यूवाहरुले अहिले सहयोग रकम पठाउन थालेको मिक्लाजुङ २ का वडाअध्यक्ष सन्तोष शेर्माले बताउनुभयो ।
उहाँका अनुसार दक्षिण कोरीयामा रहेका मिक्लाजुङ २ का १५ जना यूवाहरुले यस वडाका नागरिकहरुलाई लक्षित गर्दे स्वास्थ्य सामाग्री खरिद गर्न अहिले सम्ममा १ लाख ७० हजार रुपैया रकम पठाईसकेका छन् ।
दक्षिण कोरीयामा रहेका चित्र आङदेम्बेको संयोजनमा बिर्ख शेर्मा,खड्ग शेर्मा,विष्णु शेर्मा,बल बहादुर शेर्मा, सेसेफुङ शेर्मा,हिङमाङ शेर्मा,गोपाल आङदेम्बे,मौसम लिम्बू,प्रकाश आले मगर,डोरेन आङदेम्बे,पृथराज थेगिम,संजिव लिम्बू,नामसाङ शेर्मा,डिल्ली प्रसाद फियाकले उक्त सहयोग रकम पठाएका हुन् ।
वडामा रहेका स्वास्थ्य संस्थाहरुमा अक्सिजन सिलिण्डर ब्यवस्थापन,माक्स,सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री खरिदका लागि उक्त सहयोग रकम पठाएको वडाअध्यक्ष शेर्माले बताउनुभयो ।
यस्तै साउदी कतारमा रहेका यस वडाका युगल किशोर लिम्बू,अइन्द्र आङदेम्बे,शिशिर खड्का,दक्षिण कोरीयामा रहने गजेन्द्र शेर्मा लगायतले वडामा रहेका विद्यालयहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन सहयोग रकम जुटाइरहेको उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *