सविनालाई फिदिम नगरपालिकाद्धारा सहयोग प्रदान

Breaking News समाचार

पाँचथर,असार २७,
शारीरिक रुपमा अपांगता भएकी पाँचथरको फिदिम नगरपालिका वडा न. २ की सविना तुम्बापोलाई सहयोग रकम प्रदान गरिएको छ ।
फिदिम २ का वडाअध्यक्ष सुकपाल तुम्बापो,फिदिम नगरपािलका महिला शाखा प्रमुख सर्मिला खापुङको विशेष पहलमा फिदिम नगरपालिकाको महिला तथा वालवालिका शाखा बाट तुम्बापोलाई ५० हजार रुपैया सहयोग रकम प्रदान गरिएको हो ।
उपचारको निम्ति सहयोग पुगोस भनेर वडाअध्यक्ष तुम्बापो,महिला तथा वालवालिका शाखा प्रमुख खापुङ,नेपाल प्रेस यूनियन पाँचथर अध्यक्ष जितेन्द्र भण्डारी लगायत स्थानियको उपस्थितिमा सहयोग रकम परिवारजनलाई हस्तान्तरण गरिएको हो ।
सविना गत ०७७ माघ ५ गते घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएकी थिईन । उनको विएण्डसी अस्पताल विर्तामोड र विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा उपचार गरिएको थियो । उपचार पछि घर फर्किएपनि सविना शारीरिक रुपमा अशक्त भएकी छिन् । हिडडुल गर्न ह्वील चियरको प्रयोग गर्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *