फाल्गुनन्द ४ र ५ साविक चिलिङदेन र फाक्तेपमा केन्द्रिय विुधत प्रशारण लाईन जोडन माग

Breaking News समाचार

पाँचथर,असार २८,
नियमित रुपमा विधुत आपूर्ति सहज नहुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न. ३ र ४ साविक चिलिङदेन र फाक्तेप गाविसका विभिन्न स्थानका नागरिकहरु मर्कोमा परेका छन् ।
स्थानिय लघुजलविधुत संचालन गरिएको ती स्थानमा केन्द्रिय प्रशारण लाईन नजोड्दिा त्यस क्षेत्रका स्थानिय मर्कामा परेका हुन् । त्यस क्षेत्रका स्थानियले चाँडै यस क्षेत्रमा केन्द्रिय विधुत प्रशारण लाईन जोडन माग गरेका छन् ।
स्थानियस्तरमा संचालन भएको लघुजलविधुत परियोजनाको मेसिन तथा कुलो मर्मतसम्भार भइरहेको हुँदा नियमित विधुत आपूर्ति हुन नसक्दा आफूहरु अन्धकारमा बस्नु परेको फाल्गुनन्द ४ का वडा सदस्य कविन्द्र लावतीले बताउनुभयो । उहाँले भन्नुभयो,“ती लघुजलविधुतमा अहिले कुलोको मर्मत र मेसिनको मर्मत सम्भार भइरहेको हुँदा नियमित रुपमा बत्ति नहुँदा हामी अन्धारमा वस्न वाध्य छौ ।”
केन्द्रिय प्रशारण लाईन जोड्ने पहल भइरहेपनि अहिले सम्म त्यसका लागि सम्वन्धित निकायले कुनै प्रक्रिया अघि नवढाईदिएको उहाँले गुनासो गर्नुभयो ।
वडा सदस्य लावतीले भन्नुभयो,“जिल्लाका दूरदराज सवै तिर विजुली पुगेपनि हामी सुगमकै ठाउँभएपनि दुर्गमको ठाउँजस्तो भएर बस्नुपरेको छ,उहाँले थप्नुभयो, “यसका लागि सम्वन्धित निकायको ध्यानकर्षण गराउन चाहान्छौ, यस भेगमा पनि चाँडै केन्द्रिय प्रशारण लाईन जोडियोस् ।”
साविक फाक्तेप गाविसको वडा न ९ र १ तथा साविक चिलिङदेन गाविसको वडा न. ७ मा श्रीजंगा निबु खोला चौथो जलविधुत परियोजना र साविक चिलिङदेन वडा न.१ र ८ मा संचालित हाङसाबे लघु जलविधत परियोजना संचालनमा रहेको छ । तर ती दुवै परियोजनामा अहिले पुरोनो मेसिन भएको हुँदा विग्रिरहने समस्याका कारण त्यस क्षेत्रका स्थानिय मर्कोमा परेका हुन् । श्रीजंगा निबु जलविधुत परियोजना बाट २० किलोवाट र हाङसाबे लघु जलविधुत बाट १२ किलोवाट विधुत उत्पादन हुँदै आएको छ । श्रीजंगा निबुखोला जलविधुत परियोजना बाट २ सय १४ घर र हाङसाबे जलविधत परियोजना बाट १ सय ५० परिवारले बत्ती बाल्दै आएका छन् ।
अहिले फाल्गुनन्द गाउँपालिका बाट श्रीजंगा निवु खोला लघुजलविधुत परियोजनाको मर्मतका लागि ५ लाख रुपैया विनियोजन भई मर्मतसम्भारको अन्तिम चरणमा रहेको छ भने हाङसाबे लघुजलविधुत परियोजनाको यसपल्ट कोभिडका कारण काम हुन नसकेपछि पालिका बाट विनियोजित ३ लाख रुपैया रकम फ्रिज हुने भएको परियोजना संचालन समितीका अध्यक्ष नर प्रसाद नेम्बाङले बताउनुभयो ।
उहाँले भन्नुभयो,“जलविधुत परियोजनाको मेसिन विग्रिएको छ,मर्मत गर्ने प्राविधिक पनि ल्याउन सकिएन् जसका कारण यसपल्ट काम गर्न सकिएन्,अव यो आ.व. ०७७÷०७८ मा काम गर्न पनि समय छैन्,अर्को आ.व.का लागि पुन जलविुधत परियोजनाको मर्मत सम्भारका लागि रकम विनियोजन गरिदिन पालिकाका लाई भनेका छौ ।”
नियमित विधुत आपूर्ति नहुँदा अहिले यस भेगका नागरिकहरुलाई विजुली बाल्न,मोवाइल चार्ज गर्न,कुटानी पिसानी गर्ने जस्ता विधुत बाट संचालन हुने कामहरु गर्न समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *